सामाजिक सञ्जाल फेसबुक मार्फत जागिर लगाइदिन्छु भन्दै ठ’गि गर्ने व्यक्ति पक्राउ

२९ पुष २०७७, बुधबार काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत जागिर लगाइदिने भन्दै ठ’गि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्या’केन्सी’ को विज्ञापन राखि ठगि गर्ने दोलखाको जिरि नगरपालिका–८ घर भइ काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।जब भ्या’केन्सी पेज बनाई उनले बेरोजगार युवाहरुलाई आ’कर्षित गर्दै ठ’ग्दै आइरहेका थिए। पक्राउ परेका उनलाई आवश्यक का’रवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।

बेरोजगार युवाहरुलाई आ’कर्षित गरी आकर्षक तलब, सुविधा दिने झु’ठो आ’श्वासन दिँदै सुरुमा रु. १५०० देखि ३५०० सम्म इसेवा मार्फत जम्मा गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठ’गी गरी फ’रार रहेका खड्कालाई प्रहरीले पक्राउ गरेको हो । साथै यस्ता खालका प्र’लोभनबाट बच्नको लागी ठ’गिए खबर गर्न महानगरीय अ’पराध महाशाखाले सबैमा अनुरोध समेत गरेको छ।