बसले ठ’क्कर दिँदा मोटरसाइकल चालक भण्डारीको मृ’त्यु

२९ पुष २०७७, बुधबार सुर्खेत । सल्यानमा बसले मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको छ । शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठ’क्कर दिँदा मोटरसाइकल चालक सेही ठाउँका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृ’त्यु भएको हो ।ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठ’क्कर दिँदा भण्डारी ग’म्भीर घा’इते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृ’त्यु भएको हो । ठ’क्कर दिने बस र चालक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।