करीनाका ४ वर्षे छोरा तैमुरलाई २८ वर्षे नोराले बिहेको प्रस्ताव राखेपछि…

काठमाडौँ। नोरा फतेही अहिले बलिउडमा जमेकी हिरोइन हुन्। केहि दिन अघि एक रेडियो कार्यक्रममा गरेको प्रस्तावले अहिले नोरा चर्चामा छिन्। नोराले सैफ अलि खान र करीना कपुरका ४ वर्षे छोरासँग बिहे गर्ने प्रस्ताव राखेपछि सामाजिक सञ्जालमा उनको प्रस्तावलाई लिएर विभिन्न किसीमका क्रिया-प्रतिक्रियाहरु देखिएका छन्। उनले तैमुर अलि खानलाई उमेर पुगेपछि बिहे गर्ने प्रस्ताव आमा करिनासँग राखेकी थिइन्। एक ट्विटर प्रयोगकर्ता अबिर महादीले नोरालाई उमेर नपुगेको बालकलाई यौनिकतासँग नजोड्न आग्रह गरेकी छिन्।

त्यस्तै अर्का प्रयोगकर्ताले यदी तैमुरको ठाउँमा नोरा भएको भए र तैमुरले त्यस किसिमको प्रस्ताव गरेको भए अहिले आलोचनाले विश्वमा नै आगो बल्ने बताएका छन्। उनि लेख्छन्, ‘नोरा भन्छिन उनि तैमुरसँग बिहे गर्न चाहन्छिन् जो ४ वर्षका छन् र उनि २८ वर्ष कि। सोसियल मिडियामा धेरै जसो महिला पुरुषलाई यो क्युट लागेको छ कसैले जोक गरिरहेका छन्। अब एकछिनलाई यिनीहरुको लिङ्ग परिवर्तन गरौं। सारा विश्व आलोचनाको आगोमा भस्म भएको देखिनेछ।’ करीनालाई उनको रेडियो कार्यक्रममा ‘ह्वाट वोमेन वान्ट’मा नोराले उमेर पुगेपछि बिहे गर्ने चाहना प्रकट गरेकी थिइन्।

कार्यक्रममा करीनाले नोरालाई उनको डान्स फिल्महरुको लागि बधाई दिएकि थिइन्। यसको जवाफमा नोराले उनलाई धन्यवाद दिदै तैमुरसँग बिहे गर्ने प्रस्ताव गरेकी थिइन्। ‘मलाई आशा छ कि चाँडै तैमूर ठूलो भएपछि हामी उसको र मेरो विवाहको बारेमा सोच्न सक्छौं।’ ४ वर्षे छोरालाई विवाह प्रस्ताव आएपछि आमा करीनाले हाँसो रोक्नै सकिनन्। त्यसपछि हास्दै करीनाले भनिन्, ‘बल्ल त ऊ चार वर्ष भएको छ। धेरै समय बाकी छ त्यसको लागि।’ जवाफमा नोराले भनिन्, ‘म पर्खिन तयार छु।’ करीना हाँस्छिन् र नोरालाई भनिन्, “ठीक छ, ऊ चार वर्षको छ।

मलाई लाग्छ लामो यात्रा गर्न बाँकी छ।” नोराले जवाफ दिए, “यो ठीक छ, म कुर्नेछु।”यो कुराकानी तीन दिन अघि भएको थियो र अब, मान्छेले उसलाई गाली गर्न थालेको छ किनकि उनीहरूले महिलावाद र समानताको अवधारणाको वरिपरिको कुराकानीलाई शून्य बनाए।