हिन्दी सि’रियल ‘अलादिन’मा नेपाली निरिषा बस्नेत अनुबन्धित

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेतको हिन्दी सि’रियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय रहने भएको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सि’रियल अभिनयका लागि उनी हालै अनुबन्धित भएकी हुन् ।मुम्बईलाई क’र्मथलो बनाउदै आएकी उनी यस अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि देखिएकी थिइन् । लकडाउनको समयमा उनले हिन्दी सि’रियल ‘ते’नाली रामा’मा समेत केमियो भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनको चि’नियाँ युवतीको गेटअफ रहेको थियो ।

स्वदेशमा भने उनले फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । केही पहिले प्र’दर्शनमा आएको फिल्मले व्यवसायिक लाभ भने उठाउन सकेन । फिल्म ‘अलादिनः नाम तो सुना होगा’को अहिले सुटिङ भइरहेकोछ । सि’रियलमा बस्नेतको नेगेटिभि भूमिका रहेको छ । सि’रियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।