लण्डनमा समाजसेवी गोपाल आचार्यको नि’धन

लण्डन । पर्वत कुस्मा घर भै विगत १० वर्ष देखी बेलायत बस्दै आएका गोपाल आचार्यको नि’धन भएको छ । आचार्यको गत शुक्रवार साँझ ५० वर्षको उमेरमा नि’धन भएको हो ।लोकतान्त्रिक आ’न्दोलनमा नेबिसघको जुझारु नेताको रूपमा आचार्यले यो’गदान दिएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए ।पारिवारीक स्रोतका अनुसार उनी क्’रिस्मस अघि घरमै अ’स्वस्थ भए पछि अस्पताल भर्ना गरिएको थियो ।

आचार्यका आमाबुवा भारतको दे’हरादुनमा बस्दै आएका छन् । उनी भने एक छोरा र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।५० वर्षिय आचार्यको क’लेजोमा स’मस्या देखिएको थियो । उनको आगामी शुक्रवार बिहान पूर्विलण्डनमा अ’न्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।