थारू स’मुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउँदै

काठमाडौँ।थारू समुदायले नयाँ वर्षका रूपमा धु’मधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै ज’लाशयमा गई स्नान, पूजा गरी ठू’लाबडाकहाँ गएर आ’शीर्वाद लिने प’रम्परा थारू स’मुदायको छ ।बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् ।

धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अ’नुभव गर्छन् । यस अवसरमा स’क्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दी’नदुःखीलाई दा’न गर्ने चलन छ ।कुनै कारणवश श्’राद्ध कर्म रो’किएकाहरुले आजैका दिन श्रा’द्ध गर्नुपर्छ भन्ने मा’न्यता रहेको छ ।तिलले स्ना’न गर्नु, तिलको तेल घस्नु, पि’तृलाई ति’लयुक्त जल दिनु, तिल ह’वन गर्नु, तिल दा’न गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू स’मुदायमा छ ।

तिलको तेल घस्नाले शरीरको तापक्रम ब’ढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।गाउँका मु’खिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पु’जारी, धामी, झाँ’क्री, चौ’कीदार, क’मैया, हली, गो’ठालो, घ’रायसी काम गर्ने, आदि सबै प’दवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ । धेरै ठाउँमा माघीका दिन आ’पसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने प’दको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने नि’र्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अ’काट्य हुन्छ ।बीचमा फे’रबदल हुँदैन । यस प्रथालाई मा’घी दे’वानी भनिन्छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू स’मुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँ’ड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा सा’इत हेर्न नपर्ने चलन पनि थारू स’मुदायमा छ ।सरकारले विसं २०७२ साउन २ गते नि’र्णय गरेर कमैया प्र’था उ’न्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि का’र्यान्वयनमा ल्या’एपछि यस पर्वलाई स्व’तन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । विसं २०७२ देखि भने माघ १ गतेलाई थारू स’मुदायले अझ बृहत् रूपमा मनाउन थालेका छन् ।