संगठन विस्तारका लागि डा. बाबुराम भट्टराई तनहुँमा, भेटे कांग्रेस तथा नेकपाका नेता

दमौली : जनता स’माजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तनहुँका विभिन्न दलका नेता कार्यकर्तासँग भेट गरेका छन् ।सरकारवि’रुद्धको सभाको नेतृत्वका लागि पोखरा आएका भट्टराईले बिहिबार विहान आफ्ना नेता कार्यकर्तासहित तनहुँमा कांग्रेस र नेकपामा आ’वद्ध नेता कार्यकर्तालाई समेत भेटेका थिए ।जनता पार्टीसँग एकिकरणपछि तेश्रो श’क्ति बनेको दलका नेतासँग अन्य दलका नेता कार्यकर्ताको भेटलाई अ’र्थपूर्ण रुपमा हेरिएको छ । पार्टी नेतृ एवं पत्नी हिसिला यमीसँगै आएका भट्टराईसँग समय नै मागेर केही दलका नेताले भेटेका थिए भने केही उनले कार्यकर्तालाई सम्बोधन गरेको कार्यक्रममा नै सहभागी थिए ।

भट्टराईले भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी श’क्तिको आडमा सोचेर जानेर नै संसद वि’घटन गरेकाले त्यसलाई स’च्याउन लाग्नुपर्ने भन्दै राजनैतिक ध्रुवीकरणको आवश्यकता औं’ल्याएका थिए । उनले नेकपा विभाजन भैसकेको र कांग्रेसमा पनि दुई धार प्रष्टसँग देखिएको भन्दै अब पार्टीले वैकल्पिक धारको नेतृत्व गरेर अघि बढ्दै वैकल्पिक श’क्ति बन्न सक्ने बताए ।डा. भट्टराईले पार्टीको संगठनमा आउन चाहने विभिन्न दलसम्बद्ध नेता कार्यकर्ता तथा विद्यार्थीसँग भेटघाट पनि गरेको पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले पुष्टि गरे ।

‘पार्टीका नेता कार्यकर्तालाई भेटेर निर्देशन दिने कार्यक्रम थियो,’ उनले भने,‘तर अरु दलका नेता कार्यकर्ताले पनि उहाँसँग भेट्ने इच्छा गरेकाले भेटवार्ता भएको छ ।’पार्टीका नेता एवं पूर्व मन्त्री स्वर्गीय भीमप्रसाद गौतमको परिवारलाई समेत भेट्न पुगेका भट्टराईले त्यहाँ पनि अन्य दलका नेता कार्यकर्तासँग पनि भेट गर्नुलाई अ’र्थपूर्ण रुपमा लिइएको छ ।