कोरोना संक्रमितको उपचारमा अ’ग्रभागमा ख’टिने दुई स्वास्थ्यकर्मी सम्मानित

रौतहट । कोरोना संक्रमितहरुको उपचारमा अनवरत रुपमा ख’टिदै आएका दुई जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित चन्द्रनिगाहपुर अस्पतालका जनस्वाथ्य निरीक्षक मात्रिका चालिसे र स्वास्थ्य सहायक बलिराम साह स’म्मानित भएका हुन् ।उनीहरुलाई साथी शिक्षा सहकारी संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारण सभाको अवसर पारेर स’म्मानित गरेको हो ।संस्थाले प्रत्येक वर्ष समाजमा अमूल्य योगदान दिदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।

चालिसे र साहले क्वारेन्टाइन व्यवस्थापन, स्वाव संकलन, क’न्ट्याक्ट ट्रे’सिङ्ग तथा चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा जिल्ला उत्तरी भे’गमा रहेका चन्द्रपुर, गुजरा, गढीमाई एवं वृन्दावन नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा अग्रभागमा रहेर अ’होरात्र कोरोना संक्रमितहरुको उपचारमा ख’टिएकाले उनीहरुको यो’गदानको क’दर गर्दै सम्मान गरिएको संस्थाका महासचिव दीपक रेग्मीले बताए । यसैबीच यो वर्ष कोरोनासँग अ’ग्रभागमा ल’ड्ने स्वास्थ्कर्मीलाई सम्मान गरिएको जनाउँदै यो सम्मान सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा स’मर्पित गरेको बताए ।

उनीहरुलाई संस्थाका अध्यक्ष रामकुमार भट्टराई, विकास तथा प्रविधि समितिकी पूर्व सभापति कल्याणी खड्का एवं चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले संयुक्त रुपमा माला, दौ’सल्ला र प्रमाण–पत्रद्धारा सम्मान गरेका थिए ।सम्मानित व्यक्तित्व चालिसेले सुरुवाती दिनमा क्वा’रेन्टाइन र आ’इसोलेसनमा काम गरेको भन्दै छि’मेकीहरुले घरजाने बाटो अ’वरुद्ध गरेको स’म्झदै अहिले सबैले सम्मान तथा आफूहरुको कामको क’दर गरेको देख्दा निकै खु’सी लागेको बताए ।