डब्लुएचओद्वारा सबै मुलुकमा खोप पठाउने तयारी

कोपेनहेगन । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य सं’गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।यो खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच ज’माउँदै आएको उक्त शाखाले जनाएको छ ।डब्लुएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लु’गले अनलाइनमार्फत् गरेको पत्रकार स’म्मेलनमा भने, “सा’मूहिक रूपमा हामी कुनै पनि देश वा स’मुदायलाई पछाडि छो’ड्न सक्दैनौं ।”

क्लु’गले भने, “डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले यो’गदान पु¥याउन, अनुदान दिन र सहयोग पु¥याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ ।”‘आवर व’ल्र्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ वि’रूद्धका खोप प्रयोगमा आइसकेका छन् ।रूस र केही मध्य एशियाली मुलुकसहित डब्लुएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आ’वर वल्र्’ड इन डाटा’ले जानकारी गराएको छ ।

खोप अभियानको था’लनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका संक्रमणका वि’रामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी स’मूह राष्ट्रहरूका कारण चि’न्ताजनक बनेको छ ।“यो अवस्था चासोको विषय हो,” उनले बताए ।युरोपेली क्षेत्रमा र’सियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारका कोभिड–१९ का वि’रामीहरू भेटिएका बताए । “अहिलेसम्म हामी बुझ्छौं यस प्रकारले यो नयाँ रो’गमा कुनै खास परिवर्तन आएको देखिएको छैन ।त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम ग’म्भीर स’मस्या हुने छैन,” क्लु’गले भने ।

“हामी एकै साथ दुई कारणका लागि चि’न्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ के हो भन्ने प्रश्न हो,” कु’ल्गले थपे । यद्यपि क्लु’गले पनि आ’शावादी हुने हाधारहरू बाँकी रहेकोमा जोड दिए ।“सन् २०२१ कोरोनाभाइरसको अर्को बर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पू’र्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा यो’जनावद्धरूपमा विश्व स’मुदाय प्र’तिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुनेछ ।” रासस-एएफपी