भाइरल भिडियो : महिलाको तरकारी फिर्ता, गाडा ज’फत

काठमाडौं। सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ। महिला रोइरहेकी छन्। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ती महिलालाई समातेका छन्। र उनको तरकारी, फलफुल र गाडा नियन्त्रणमा लिएको भिडियोमा देख्न सकिन्छ। ती अधवैंशे महिला नगरप्रहरीले गाडा र सामान जफत गरेपछि रोइरहेको भिडियोमा देखिन्छ। नगरप्रहरीले गरेको यो घटनाको कसैले मोबाइलबाट भिडियो बनाएर समाजिक सञ्जालमा पोस्ट गर्यो। मंगलबार दिउँसो काठमाडौंको सुकेधारामा भएको यो घटनाको भिडियो बिहीबार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

र भिडियो शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारसँग यी महिलामाथि ज्या’दती भएको भन्दै प्रश्न गरिएको छ। सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेपछि यो विषयमा काठमाडौं महानगरपालिकासँग जिज्ञासाराख्दा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले फु’टपाथमा व्यापार गरेकाले नगरप्रहरीले त्यसलाई उठाएको जानकारी दिए। उनले भने, ‘महानगर क्षेत्रमा फु’टपाथमा व्यापार गर्न पाइँदैन। त्यो सबैलाई जानकारी भएको विषय हो। फु’टपाथमा व्यापार गर्न कसैलाई पनि छुट दिन सकिँदैन। अहिले यो भिडियो भाइरल भएपछि महानगरको आ’लोचना भएको छ।’

महानगरले फुटपाथ व्यापारलाई व्यवस्थित बनाउन केही विकल्प सोचिरहेको उनले बताए। गत वर्ष नै योजना बनाइएको भए पनि कोरोनाका कारण कार्यान्वयन गर्न नसकिएको बताए। उता ती महिलालाई नियन्त्रण लिएको विषयमा जानकारी दिँदै महानगर प्रहरीका प्रमुख डीएसपी धनपति सापकोटाले महानगरको कानून कार्यान्वयन गरिएको बताए। उनले भने, ‘ती महिलालाई पटक पटक चे’तावनी दिएका थियौं। अ’टेर गरेपछि गाडा उठाएका हौं।’ उनले गाडा महानगरले ज’फत गरेको तर, तरकारी र फलफुल भने फिर्ता गरेको बताए। ती महिलाबारे थप जानकारी पाउन भने सकिएको छैन। भिडियो यहाँ छ