प्रदीप ज्ञवाली दिल्ली पुगेपछि भारतले भन्यो: सीमाबारे छलफल हुँदैन !

नयाँदिल्ली: नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतसँग संयुक्त आयोगको बै’ठकमा भाग लिन यही शुक्रबार नयाँदिल्ली पुगेका छन् । नेपाली पक्षले आयोगको बै’ठकमा सीमा वि’वादबारे पनि छलफल हुने ब’ताइरहँदा भारतीय पक्’षबाट भने यसको ठीक वि’परीत सीमा वि’वादबारे छलफल नहुने समाचार आएको छ ।ज्ञवालीको दुईदिने भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा वि’वादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको भारतीय पक्षको भनाइ छ ।

कोभिड सं’कटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् ।यस्तै उनी प्रधानमन्त्री केपी ओलीले संसद वि’घटन गरेर निर्वाचनको आ’ह्वान गरेपछि भारत भ्रमण गर्ने पहिलो नेपाली नेता समेत हुन् । गत मंगलबार परराष्ट्र मन्त्रालयले ज्ञवालीको भारत भ्रमणको घो’षणा गर्ने क्रममा विज्ञप्तिमा भनिएको थियो कि, बैठकमा सीमा वि’वादको कुरा पनि उठाइनेछ ।तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा वि’वादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् ।

‘सीमा मु’द्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,’ श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् ।यस्तै संयुक्त आयोग उच्च स्तरमा दुई देशबीचको साझेदारीको समग्र पूनरावलोकन गर्ने महत्वपूर्ण सं’यन्त्र भएको र यसले दुई देशको विशेष सम्बन्धलाई अझै राम्रो बनाउन राजनीतिक मार्गदर्शनको अवसर प्रदान गर्ने रुपमा श्रीवास्तवले व्याख्या गरेका थिए । साथै भारतले विभिन्न क्षेत्रमा रचनात्मक छलफल गर्ने पनि उनले बताएका छन् ।ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग शुक्रबार भेटवार्ता गर्नेछन् ।

नेपाल सरकारले गत वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि दुई देशबीच सम्बन्धमा ति’क्तता आएको बताइन्छ । यद्यपि परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमण गर्नुअघि भारतीय विदेश सचिव सेना प्रमुख सहित उच्च अधिकारीहरुले नेपाल भ्रमण गरिसकेका थिए ।