है’दरावाद हाउसमा ज्ञवाली र जयश‌ंकरबीच भेटवार्ता सुरु

२ माघ २०७७, शुक्रबार काठमाडौं ।तीनदिने भ्रमणका लागि भारत गएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता सुरु भएको छ ।नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव ह’र्षवर्धन शृ’ङ्गलालगायतका व्यक्ति रहेका छन् ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै है’दरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् ।एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, क’नेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ ।त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी सं’यन्त्रहरुमा हालसम्म भएका सहमति र न’सुल्झेका विषयमा समेत स’मीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय सं’यन्त्र र बा’उन्ड्री व’र्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो ।मन्त्रालयका प्रवक्ता अ’नुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए । तर, भारतको उक्त धारणा बाहिर आएलगत्तै मन्त्री ज्ञवालीले आयोगको म्या’न्डेट सीमालगायत द्वि’पक्षीय विषयहरुमा छलफल गर्ने भएको प्रस्ट पारेका थिए ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दि’वाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ः३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिं’क ट्या’कं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आ’ईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।