भारतमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई गिज्याएको एक तस्बिर

काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् । नेपाल-भारतको वि’वाद स’माधानका लागि उनी बिहीबार भारत प्र’स्‍थान गरेका हुन् । नेपाल-भारतको सीमा वि’वादलाई ज्ञवालीले कसरी प्रस्तुत हुन्‍छन् भन्‍ने आम नेपालीमा चासो थियो । भारतले आफ्‍नो दाबी गरेको तर पछिल्‍लो पटक नेपालले आफ्‍नो नक्‍सामा समेटिएको कालापानी, लिपुलेक र लिम्‍पियाधुराको विषय परराष्ट्र मन्त्रीस्तरको बैठकमा टुं’गोमा पुग्‍छ भन्‍ने आम अ’पेक्षा थियो ।नेपालीको अ’पेक्षा हुनु स्वाभाविक नै हो, तर उनी शुक्रबार सहभागी भएको एक कार्यक्रमले नेपालीहरुलाई खल्‍लो बनायो ।

शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अ’फेयर्स (स’प्रु हाउस)ले आयोजना गरेको कार्यक्रम सहभागी भएर ज्ञवालीले राम्रै म’न्तव्य दिए । तर उनले मन्तव्य दिइँरहँदा पछाडि राखिएको ब्या’नरमा देखिएको नक्‍साले उनलाई गि’ज्‍याइरहेको थियो । उक्‍त नक्‍सामा नेपालको कालापानी, लिपुलेक र लिम्‍पियाधुरा भने गा’यब थियो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्‍सा राख्‍नुको सट्टा पुरानै नक्‍सा राखिएको थियो । सो कार्यक्रममा विज्ञ, वि’श्‍लेषक, सञ्‍चारकर्मीलगायतको सहभागी सो कार्यक्रममा उनले गर्वका साथ भने ‘भारतसँगको क’नेक्‍टिभिटिले नेपाललाई भु’पेरिवेष्‍ठितबाट भू-जडित बनाउन म’द्दत पुर्‍याउने छ ।’

गत साउनमा सरकारले आफ्नो अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी गरे पनि हालसम्म त्यो हुन सकेको छैन । गत साउनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले अन्तर्राष्ट्रिय जगतमा पठाउनका लागि ४ हजारप्रति नक्सा छपाइ भइरहेको जानकारी दिएका थिइन् ।सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अ’तिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्र’तिबद्धता जनाएकी थिइन् ।

संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्‍न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक वि’रोध भएको थियो ।सरकारले संविधान विपरित प्रतिनिधि सभा वि’घटन गरेर स्वतः सरकार का’मचलाउ बनेको अवस्थामा भ्रमण गर्न नहुने सुझाव थियो ।ज्ञवालीले शुक्रबार बिहान है’दरावाद हाउसमा आफ्ना समकक्षी भेटेका छन् । साढे एघार बजे नेपाल-भारत संयुक्त अयोगको छैटौं बैठक बसेको थियो ।