७ दिन पनि नबित्दै फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो। यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो। पछिल्लो वृद्धिसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ ।

निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ। हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले गत बिहिबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमले जनाएको छ ।उता भारतमा ४७ दिनमा २० पटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । फेब्रुअरीसम्ममा अहिलेसम्म पेट्रोल र डिजेलको दर २० गुणा बढेको छ । २०२१ साल लागेपछि जनवरीमा १० पटक र फेब्रुअरीमा १० पटक मूल्य बढेको छ ।

यस समयमा दिल्लीमा पेट्रोल २.९९ रुपैयाँ भारु र डिजेल ३.२२ रुपैयाँ महँगो भएको छ । दिल्लीमा पेट्रोल ८९.२९ रुपैयाँ भारु र मुम्बइमा ९५.७५ रुपैयाँ भारु पुगेको छ । कच्चा तेल १३ महिनामा सबैभन्दा महँगो दरमा पुगेको छ । यस वर्ष कच्चा तेल २१ प्रतिशतले महँगो भएको छ । ब्रेन्ट क्रुड आयल ६३ डलर व्यारलभन्दा बढीले मूल्य बढेको छ ।