प्रियंकाको घरमा सिफ्ट भइन् ज्याक्लिन, यति धेरै रकम हालेर किनेकी रहिछिन् !

एजेन्सी – बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज पूरानो घर छाडेर नयाँ घरमा ‘सिफ्ट’ भएकी छन्। पहिला भाडाको घरमा बस्दै आएकी ज्याक्लिन नयाँ घरमा सरेकी हुन्। ज्याक्लिन बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडाको पूरानो घरमा सरेको भारतीय संचार माध्यमहरुको भनाई छ। बलिउडमा काम गर्नको लागि मुम्बई आएयता ज्याक्लिन बांद्रा स्थित एक भाडाको घरमा बस्दै आएकी थिइन्। तर, अहिले भने ज्याक्लिनले आफ्नै घर किनेकी छन्। भारतीय संचार माध्यमहरुका अनुसार उक्त घरमा पहिला प्रियंका र उनका पति निक जोनस बस्दै आएका थिए।

प्रियंका पछिल्लो समय अमेरिकामै व्यस्त हुने थालेपछि उक्त घर खालि थियो।ठूलो लिभिङ एरियाका अलावा आउटडोर बालकनी समेत भएको उक्त घर ज्याक्लिनले करोडौं तिरेर खरिद गरेको बताइन्छ। भारतीय संचार माध्यमहरुले गरेको दावी अनुसार उक्त घर ज्याक्लिनले ७ करोड भारतीय रुपैंयामा खरिद गरेकी हुन्। सन् २००९ मा चलचित्र अलादीनबाट बलिउडमा डेब्यु गरेकी ज्याक्लिन पछिल्लो समय धेरै नै व्यस्त छिन्। ज्याक्लिन सलमानको आगामी चलचित्र राधेमा देखिँदै छिन्। उक्त चलचित्र सन् २०२१ को ईदमा रिलीज हुने बताइन्छ। त्यति मात्र नभई ज्याक्लिन द गर्ल अन द ट्रेन र बच्चन पाण्डेमा पनि देखिँदै छिन्।