यी १० कलाकार जसले हाँक्न सक्छन् नेपाली चलचित्र क्षेत्र

पछिल्लो समय कोरोना भाइरसको कारण केही असर परे पनि नेपाली चलचित्र क्षेत्रमा विकासको प्रबल सम्भावना देखिँदै गएको छ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ चलचित्रकर्मीहरू नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश भइरहेका छन् भन्नपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नयाँहरूले नै बोकी रहेका छन् भन्दा पनि फरक नपर्ला ।चलचित्र क्षेत्रमा प्रवेश गर्नेहरू विभिन्न उद्देश्यले प्रवेश गरेका हुन्छन् । कतिपय लगानीकर्ताहरू चलचित्रमा व्यापार व्यवसायको लागि लगानी गर्ने गरिरहेका छन् भने कतिपय चलचित्रकर्मीहरू चलचित्रमा रहर सोख र मनोरञ्जनका लागि प्रवेश गर्नेहरू पनि नभएका होइनन् ।

यस क्रममा हामीले चलचित्र क्षेत्रका केही युवा कलाकारको चर्चा गर्दै छौँ, जो चलचित्र क्षेत्रमा राम्रो सम्भावनासहित भित्रिएका छन् र जसले अभिनयमार्फत चलचित्र क्षेत्रको लिड गर्न सक्ने सम्भावना देखाएका छन् ।अनमोल पछिल्लो समयका एक चर्चित नायक हुन् ‘होस्टल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका केसी युवायुवतीका ढुकढुकी नै हुन् । वर्षमा एक मात्र चलचित्र अभिनय गर्ने उनको ‘गाजलु’, ‘ड्रिम्स’ ‘कृ’ ‘क्याप्टेन’ ‘ए मेरो हजुर ३’ राम्रै सफलता पाए। उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ ।उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए ।

अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।अभिनेता प्रदीप पनि युवा युवतीमाझ निकै लोकप्रिय छन्। प्रदीपका लागि निर्माता निर्देशकप्रति चलचित्र ४० लाख तिर्नसमेत तयार छन् । ‘प्रेम गीत, ‘प्रेम गीत २’ र ‘लिलीबिली’ जस्ता लगातार सफल चलचित्र दिएका प्रदीपको चलचित्र ‘लभ स्टेसन’ ले पनि राम्रै चर्चा पायो । उनी पछिल्लो समय प्रेम गीत ३ मा व्यस्त थिए तर कोरोनाका कारण रोकिएको छ ।पल पनि धेरै फ्यान फलोअर्स भएका लोकप्रिय हिरो हुन् ।

म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेका पलले चलचित्रमा भने त्यति कमाल देखाउन सकेका छैनन् । ‘नाइँ न भन्नु ल–४’ बाट अभिनयमा डेब्यु गरेका पलका ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ लगायत चलचित्रसमेत बाहिर आए । तर भनेजस्तो सफलता उनको हात लाग्न सकेन ।तरपनि फिल्ममा उनको माग उच्चा छ । उनी पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’मा देखिएका छन् ।आकाश पनि युवापुस्ता राम्रै आसा गरिएका कलाकार हुन् । मोडलिङ हुँदै अभिनयमा डेब्यु गरेका उनको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ हो ।

राम्रो लुक्स भएका कारण पनि उनी लगातार चलचित्र पाउन सफल छन् । उनको अभिनय रहेको ‘तिमीसँग’ केही पहिले प्रदर्शनमा आएको थियो तर सफल हुन सकेन । उनी अभिनीत चलचित्र ‘ब्ल्याक’, ‘रामकहानी’ र ‘ड्रिम गर्ल’ त्यति नचले पनि पोइ पर्‍यो कालेले राम्रो चर्चा पायो ।सलिमान चलचित्र क्षेत्रले आस गरेका अर्को हिरो हुन् । ‘ए मेरो हजुर–२’ बाट अभिनयमा डेब्यु गरेका सलिमानको पहिलो चलचित्र नै हिट भयो । चलचित्र चलेपछि उनी रातारात चर्चित मात्र बनेनन्, डिमान्डका हिरोसमेत भए । पहिलो चलचित्रबाटै दर्शकमा धेरै क्रेज बनाउन सफल उनी युवायुवतीका मन पर्ने हिरो पनि हुन् ।

उनी त्यसपछि निर्माता केशव भट्टराईको चलचित्र ‘यात्रा’मा देखिए तर फिल्मले भने जस्तो सफलता पाउन सकेन तरपनि उनी निकै डिमान्डको नायक हुन ।पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन हुन् साम्राज्ञी । उनलाई महँगी अभिनेत्रीको रूपमा पनि चर्चा गरिन्छ । ‘ड्रिम्स’ चलचित्रबाट अभिनयमा डेब्यु’ गरेकी साम्राज्ञीको ‘ड्रिम्स’पछि अर्को सफल चलचित्र ‘एक मेरो हजुर २’ हो । उनले ‘तिमीसँग’ चलचित्रबाट भने सफलता हात पार्न सकिनन् । तरपनि उनको फिल्ममा माग उच्च छ ।आँचल पनि धेरै फ्यान फलोअर्स भएकी अभिनेत्री हुन् ।

म्युजिक भिडियो हुँदै ‘नाइँ न भन्नु ४’ बाट अभिनय डेब्यु गरेकी हुन् । त्यसपछि ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा उनी देखिएकी थिइन् । आँचल अभिनीत सफल चलचित्र ‘शत्रु गते’ हो । तर सफलताको श्रेय भने उनले पाइनन् । अभिनेता पल शाहसँग चलचित्र र म्युजिक भिडियो जोडी बाँधिएर देखिएपछि निकै चर्चित बनेकी उनी हाल डा उदिप श्रेष्ठसँग विवाह गरेर नयाँ जीवनको सुरुवात गरेकी छन् ।चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासना सिंह ठकुरीले ।

चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाँधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । उपासना त्यसपछि चलचित्र कबड्डी कबड्डी कबड्डी मा अभिनय गरिन् । कबड्डी कबड्डी कबड्डी की उनी सिङ्गल नायिकाका रूपमा देखिइन ।उक्त चलचित्र निकै सफल समेत भयो ।जसिता केही पहिले प्रदर्शित अभिनेता प्रदीप खड्का अभिनीत ‘लिलीबिली’बाट चलचित्र क्षेत्र भित्रिएकी हुन् । पोखरामा जन्मिए पनि युकेमा हुर्के बढेकी उनको ‘लिलीबिली’ अभिनय दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाटै दर्शकको रोजाइमा पर्न सफल उनी अहिले युकेमै छिन् ।

उनी अभिनित चलचित्र ‘लभ स्टेसन’मा पनि राम्रै चर्चा पायो ।अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् । उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् । उक्त फिल्मले सफलता पाएपछि उनको चर्चा पनि निकै बढेको छ ।