धादिङको गंगाजमुना गाउँपालिकाकी ईन्जिनियर पुजा कार्कीले यसरी मागेकी थिइन् घुस : [अडियो]

काठमाडौं– धादिङको गंगाजमुना गाउँपालिकामा ईन्जिनियर पुजा कार्की ९५ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई डेराबाटै पक्राउ गरेको जानकारी दिएको छ ।वागमती प्रदेश सरकारको २३ लाख रुपैयाँ लगानीमा निर्माण भएको गंगाजमुनाको किचेत सडक निर्माण सम्पन्न भएपनि निर्माण कम्पनी वान्जु कन्स्ट्रक्सनका प्रतिनिधिसँग भुक्तानी गर्नुअघि ३ प्रतिशत घुस मागेकी थिइन् ।उनले आफूसँगै लेखापाल अर्जुन प्रसाद सापकोटालाई पनि कमिशन बाँडफाँड गर्ने जनाएकी थिइन् ।

तर, अख्तियारले सापकोटालाई भने उन्मुक्तिी दिएको छ ।स्रोतका अनुसार गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी कै निर्देशनमा कर्मचारीले घुस मागेका हुन् । पक्राउ परेकी पुजाले ‘अडियोमा सरहरुलाई पनि दिनुपर्छ’ भन्दै ठाडै ३ प्रतिशत कमिशन मागेकी छिन् ।लेखापाल अर्जुन प्रसाद सापकोटाले अडियोमा पुजाले भनेको कुरा आफूलाई थाहा नभएको र आफ्नो समलग्नता नरहेको बताए ।अडियो सुन्न यहाँ क्लिक गर्नुहोस