भा’गर’थी भट्टको दो’षी प’क्रन सफल भएको भन्दै प्रहरीलाई फूलमाला

धनगढी – बैतडीकी कि’शोरी भा’गर’थी भ’ट्टको ब’ला’त्का’र तथा ह’त्या प्रकरणकाे अनुसन्धानमा ख’टिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित स’म्मान गरेका छन्। दो’षी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर स’म्मान गर्दै बि’दाई गरेका हुन्। भा’गर’थी ह’त्याको अनुसन्धानमा डीआईजी सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यू’रोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत ख’टिएका थिए।

दो’षी पत्ता लगाउन सफल भएको भन्दै बुधबार बिहान उनीहरुलाई फूलमालासहित सम्मान गरेर बि’दाई गरिएको हो। गाउँलेहरुले सम्मान गरेपछि खुशी लागेको डीआईजी सुवेदीले बताए। उनले भने, ‘प्रहरीको मेहनतले सफलता पाएको छ । प्रहरीको अनुसन्धानमा गाउँलेहरुको सहयोग निकै महत्वपूर्ण थियो । म सबैलाई धन्यवाद दिन चाहन्छु।’ भा’गर’थी ह’त्या आरोपमा प्रहरीले मङ्गलबार राति उनकै गाउँका दिनेश भट्टलाई पक्राउ गरेको छ। मङ्गलबार राति १० बजे घ’रबाटै पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ। घ’टनाबारे थप जानकारी पत्रकार स’म्मेलनमा दि’इने डीआईजी सुवेदीले बताए।