उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

५ फाल्गुन २०७७, बुधबार काठमाडौँ। उत्तर को’रियाका नेता कि’म ज’ङ उनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेको स्था’नीय सञ्चारमाध्यमले जनाएको छ। री सो’ल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा कि’म जङ-इलको ज’न्मजयन्तीको अवसरमा आ’योजित साङ्गीतिक कार्यक्रममा स’हभागी भएकी थिइन् । प्राय: किमसँगै सार्वजनिक कार्यक्रमहरूमा दे’खिने री गत सन् २०२० को ज्या’नुअरीदेखि कतै देखा परेकी थिइनन्।

उनी देखिन छोडेपछि उनी बि’रामी भएको वा ग’र्भवती भएको आ’कलन गरिएको थियो। दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई को’भिड-१९ को ड’रले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो। उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन। रो’डोङ सि’न्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो। तस्बिरहरूमा उनीहरू हाँ’सेको देखिनुका साथै मा’स्क र सामाजिक दूरी देखिएको छैन।

सरकारी सञ्चारमाध्यममा एक पटक फेरि उनलाई राष्ट्रपति लेखिएको छ र पहिले प्रयोग गर्ने गरिएका आधिकारिक प’द सभापति प्रयोग गरिएको छैन। पहिलो पटक गत साता उत्तर को’रियाली समाचारसंस्थाले पहिलो पटक उनलाई राष्ट्रपति ले’खेको थियो । बीबीसी