कोरियामा नेपाली म’जदूरका लागि प्र’वेशाज्ञा १३ महिना थप

जीवन खत्री सउल-दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्र’वेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चा’हेर प्र’वेशाज्ञा परिवर्तन गरी अ’वधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी का’मदारको प्र’वेशाज्ञा १३ महिनाका लागि थ’प गर्ने भएको छ । विशेषगरी को’भिड–१९ का कारण प्र’वेशाज्ञा अवधि स’किएर पनि स्वदेश फर्किने अवस्था नभएका का’मदारलाई प्र’वेशाज्ञा थप गरी अ’स्थायी मौसमी का’मदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो ।

प्र’वेशाज्ञा थप हुनेमा एफ–१ (भ्र’मण तथा पारिवारिक भिसा), एफ–३ (डि’पेन्डेन्ट भिसा), एच–२ (भ्र’मण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने का’मदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्र’वेशाज्ञा थप हुनेछ ।अस्थायी प्र’वेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् । विश्वव्यापी रुपमा फै’लिएको को’भिड–१९ का कारण कोरियामा करीब एक वर्षदेखि विदेशी का’मदार भि’त्रिएका छैनन् ।

लामो समयदेखि विदेशी कामदार न’भित्रिदा हुन गएका का’मदारको अ’भावलाई पू’र्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अ’स्थायी मौसमी कामदारको रुपमा गत वर्ष ७९ हजारको प्र’वेशाज्ञा थप गर्ने तयारी गरेको छ । त्यसैगरी मौसमी कामदारको रुपमा ९० दिनभन्दा धेरै प्र’वेशाज्ञा प्राप्त गरेका कोरियाली मू’लका विदेशी नागरिकले विभिन्न शुल्कमा छुट पाउने बताइएको छ । उनीहरूले प्र’वेशाज्ञा परिवर्तन गर्न चाहेमा प्र’वेशाज्ञा परिवर्तनको लागि पनि नि’यम खु’कुलो पार्ने बताएको छ ।यसैगरी नेपालमा कोरियाको लागि श्रम सम्झौताको प’र्खाइ गरी रो’स्टरमा बसेकाको अ’वधि छ महिना थप हुने भएको छ ।

सो कुराको जानकारी कोरिया रोजगार तथा श्रम मन्त्रालयको प्रवासी श्रमिक विभागका सचिव ई ग्यां’ग सुनले दिनुभएको हो । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया काम गर्न जानको लागि रोजगारदाताको र छनोटमा पर्न यो’ग्य १६ देशको प्रवासी श्रमिकलाई रो’स्टरमा राखिन्छ र दुई वर्षसम्म पनि उनीहरू छ’नोटमा न’परे स्वतः र’द्द हुन्छन् । कोरोना म’हामारीका कारण दुई वर्षको अवधिभित्र श्रम स’म्झौता पत्र नआएर २०२० नोभेम्बेर १ देखि रो’स्टर अवधि स’किएकालाई पुनः छ महिना अ’वधि थपिएको हो । (रासस)