तपाईको घरमा गाई छ ? उसो भए सरकारबाट गाईलाई भत्ता आउँछ

५ फाल्गुन २०७७, बुधबार काठमाडौं- झट्ट सुन्दा अ’नौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ ।पशुपालनबाट आ’त्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताउनुभयो । आव २०७५-७७ मा एक हजार सु’त्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आ’त्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सु’त्केरी (दु’हुनो भएमा) रु दुई हजार प्रो’त्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दु’नो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।एक घरमा एउटा गाई वा भैँसी सु’त्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सु’त्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सु’त्केरी गाई र भैँसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको प’शु शाखाले जनाएको छ ।गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दै’वीप्रकोप र म’हामारी रो’गहरुबाट पर्न सक्ने आर्थिक स’ङ्कटबाट बचाउन गत आवमा दुई हजार प’शुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए ।गाउँपालिकाभित्रका एउटा प’शुलाई प्रिमियमबापत रु १ हजार १०० दरले दुई हजार प’शुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु ६ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको प’शुको बीमा रकम तिरिदिएको गाउँपालिकाको प’शु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जागर हुने प’शुपालक कृषकलाई स्थानीय सरकारको अ’नुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताए । दुहुनो गाई तथा विभिन्न प्रो’त्साहन र अनुदान कार्यक्रमले स्था’नीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए ।उनले भने “गाउँपालिकाले दिएको दु’हुनो गाई प्रो’त्साहन भत्ताले दु’हुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छु’र्पी साथै दु’ग्धजन्य पदार्थ इलाम पु¥याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको गौतमले बताए ।

नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी भएको छ । राईले भने, “मेरो गाई सु’त्केरी हुन नसकेर मरेको थियो ।गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियो ।” विगतका दिनमा प’शु म’रे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा प’शु बीमा गरिदिएपछि आर्थिक क्ष’ति हुनबाट जो’गिएको राईले बताए ।विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उ’द्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रो’त्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए ।

उनले भने, “गाउँपालिकाका कृषकले उत्पादन गरेको कृ’षिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले स’हजीकरण गर्ने योजनामा छौँ ।” प्रत्येक परिवारले गाईभैँसी दु’हुनो पाल्न थाले पौष्टिक त’त्व प्राप्त हुने र परिवार नै स्वस्थ हुने भएकाले पनि पशुपालक लाई पालिकाले प्रो’त्साहन गरेको उपाध्यक्ष ताम्लिङले बताए ।गाईपालनबाट प्रा’ङ्गारिक मल उत्पादन हुने भएकाले कृषि उत्पादनमा ब’ढोत्तरी हुने अपेक्षा गरिएको छ । दु’ग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक रु ५० हजार भि’त्रिने ग’रेको प’शु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।विगतमा सीमित घरपारिवारले मात्र दु’हुनो गाई पाल्दै आएको थियो ।

स्थानीय सरकार आएसँगै कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रो’त्साहनका साथै बीमा कार्यक्रमले प’शुपालक उ’त्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताए ।गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र क’डरियाले बताए ।गाउँपालिकाभित्र प्रायः सबै घरपरिवारमा दु’हुनो गाईपालन थाल्नेको सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गत माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा ९६७ वटा दु’हुनो गाईबाट चार दशमलव पाँच मे’ट्रिक टन, ७५८ वटा भैँसीबाट दुई मेट्रिक टन र १५० चौँरीबाट एक मेट्रिक टन दुग्ध प’दार्थप्रति महिना उत्पादन हुँदै आएको छ ।

गाउँपालिकाले पशुपालकलाई अनुदान र प्रो’त्साहन दिन थालेसँगै गाउँपालिका दु’ग्धजन्य पदार्थमा आ’त्मनिर्भर हुँदै गएको छ । यसअघि गाउँपालिकामा डेरी उद्योग नभएको र अहिले सिदिङ्वा गाउँपालिकामा आठ वटा डेरी उद्योग दर्ता भएका छन् । दैनिक नौ हजार लिटर दुग्ध उत्पादन हुँदै आएको पशु शाखाको तथ्याङ्कमा उल्लेख छ । घिउ एक महिनामा ५०० केजी तथा ७५० केजी छु’र्पी उत्पादन हुँदै आएको छ ।कृषि र पशु क्षेत्रमा विभिन्न अनुदान र प्रो’त्साहले गाउँपालिकामा बसोबास गर्ने स’मुदायको आयआर्जनमा ठूलो टेवा पुगेको सिदिङ्वा गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल गौतमले बताए ।

दु’हुनो गाई प्रो’त्साहन, पशु बीमा साथै गोठ सुधार कार्यक्रमले कृषकमा उत्साह आएको वडाध्यक्ष गौतमले बताए । उनले भने, “अहिले प्रत्येक घर परिवारमा प’शुपालनबाट आयआर्जन भइरहेको छ, त्यसै अनुसार गाउँपालिकाले अ’नुदान पनि दिँदै आएको छ ।”घरमा दु’हुनो गाई पालेपछि परिवारमा स्वरोजगार पनि हुने दुग्ध सेवनले प’रिवारजनको स्वास्थ्यमा पनि राम्रो हुने गौतमले बताए। गाउँपालिकामा पशुजन्य क्षेत्रमा प्र’त्यक्षरुपमा महिला १० जना र पुरुष १४ जनाले रोजगारी पाएको गाउँपालिकाको प’शु शाखा कार्यालयले जनाएको छ ।