यी ४ राशि भएका व्यक्तिलाई भाग्यले नै धनी बन्न साथ दिन्छ

काठमाडौं- सम्पत्ति आर्जन गर्नका लागि मेहनत गर्नुको विकल्प छैन । कुनै काममा लगनशीलताका साथ लाग्दा धन आर्जन हुन्छ । कुनै नयाँ खालको काम वा त्यसलाई तपाईँले दिएको महत्त्वले तपाईँको कामबाट कमाइ हुने कुरा निर्धारण हुन्छ ।तर हिन्दु धर्म शास्त्रका अनुसार धनी बन्न वा पैसा कमाउनका लागि व्यक्तिको भाग्यमा भर पर्छ ।तपाईँको भाग्य राम्रो छ भने तपाईँले सजिलै धन आर्जन गर्न सक्नुहुन्छ । तर यदि तपाईँको भाग्यमा छैन भने जति मिहेनत र लगनशिता भए पनि तपाइको काम बन्ने छैन ।

जन्म सयौँ, स्थानका आधारमा व्यक्तिको राशि, उसको कुण्डली तयार हुन्छ ।व्यक्तिको जन्म समय अनुसार उसमा ग्रहहरूको प्रभाव रहने गर्छ ।ज्योतिष शास्त्र अनुसार केही राशि भएका व्यक्तिले सजिलै धन कमाउन सक्छन् ।१२ राशिमध्ये ४ राशिका व्यक्तिलाई उनीहरूको भाग्यले नै धनी बन्न साथ दिन्छ । यी ४ राशिका व्यक्तिले धेरै नै सम्पत्ति कमाउन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।वृष राशि: वृष राशिका जातकमा सुन्दर र बिलासी सामान किन्ने शौक हुन्छ ।औसत ब्रान्डका सामग्री यी राशिका व्यक्तिलाई मन पर्दैन ।

तसर्थ यी राशिका व्यक्ति स्वतः धेरै धन कमाउन लालायित हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका व्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनीहरूलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।वृश्चिक राशि: धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका व्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।ठुला घर, कार, व्यापार व्यवसाय प्रति उनीहरू लिप्त हुन्छन् । दृढ निश्चय भएका कारणले पनि सम्पत्ति कमाउने मामलामा वृश्चिक राशिका व्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

कर्कट राशि: कर्कट राशिका जातकलाई धन, सम्पत्ति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका व्यक्ति अवसरका खोजीमा हुन्छन् । जहाँ उनीहरूको रहर पूरा गर्न राशि नै सारथि बनिदिन्छ ।कर्कट राशिलाई स्वभाव सन् धनी बनाउन उनीहरूको आकाङ्क्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका व्यक्ति जग्गाजमिनको कारोबारबाट चाडै धनी बन्ने गर्दछन् ।सिंह राशि: सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौक हुन्छ । उनीहरू अन्य राशिका व्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनीहरूलाई सम्पत्तिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महँगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनीहरूको सामान्यतया पूरा हुन्छ ।