संसद वि’घटन गरेर ओलीले मुलुकलाई दु’र्घटनातिर ध’केले: उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद वि’घटन गरेर प्रधानमन्त्री केपी ओलीले मुलुकलाई दु’र्घनातिर धकेल्न खो’जेको आ’रोप लगाएका छन्। बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। ‘देश यतिबेला राजनीतिक सं’कटको भू’मरीमा छ । प्रतिनिधिसभा वि’घटन गरिएको छ र यसको वि’रुद्धमा प्र’दर्शन भइरहेको छ, ‘उनले अघि भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानवि’द, नागरिक, पत्रकार र सबै राजनीतिक द’लले प्रतिनिधिसभा वि’घटन अ’संवैधानिक भनिरहेका छन् ।

यो राम्रो संकेत होइन,’ उनले भने। उपराष्ट्रपति नन्दबहादुर पुनले श्र’मजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्या’नाकर्षण गराएका छन्। उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। उपराष्ट्रपति पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।