अष्ट्रेलिया: भिक्टोरियाको पाँच दिने लकडाउन सकियो, के के ह’ट्यो, के बाँकी ?

मेलबर्न ।भिक्टोरियाले आफ्नो पाँच दिने लकडाउन बुधबार मध्यरातबाट अन्त्य गरेको छ । कोरोना भाईरस समूदायस्तरमा देखिन थालेपछि यसलाई फैलिन नदिन राज्य सरकारले यस्तो छोटो तर कडा लकडाउन राज्यभर नै लगाएको थियो ।मुख्यमन्त्री डे’नियल ए’न्ड्रयूजले यो सफलतामा खुशी व्यक्त गरेका छन् र सबै भिक्टोरियावासीलाइृ साथ, सहयोग र धै’र्यताका लागि धन्यवाद भनेका छन् ।प्रिमियर डे’नियल ए’न्ड्रयूका अनुसार भिक्टोरियामा ई’न्डोर या आ’उटडोरमा यदि भौतिक दूरी कायम गर्न अर्थात् अर्को व्यक्तिबाट डेढ मिटरको दूरी कायम गर्न सकिँदैन भने मास्क लगाउनु अनिवार्य हुनेछ ।

यसकारण आm्नो साथमा मास्क बोकेर हिंड्नु अनिवार्य भएको छ ।यस्तै घरमा पाँच जना अतिथिलाई मात्रै स्वागत गर्न सकिनेछ । यो प्रावधान अर्को शुक्रबारसम्मका लागि लागू हुनेछ । सार्वजनिक स्थलमा २० जनासम्म भेला हुन पाउनेछन्। कार्यालयहरुमा ५० प्रतिशत का’मदारहरुले काम गर्न सक्नेछन् । अन्यले घरबाट नै काम गर्नुपर्नेछ । आगामी फेब्रुअरी २६ पछि यसलाई पुनः लागू गर्ने विषयमा छलफल भएको छ ।खेलकुद, रि’क्रियसन तथा मनोरञ्जनका गतिविधिहरु पुनः खुल्न सक्नेछन् । तर, २ मिटरको नियम लागू हुनेछ ।