काठमान्डौ ,बाल्यकालमा जो कोहीले लगाएको कपडामा नै पिसाब फेर्नु सामान्य हो । तर ठूलो भएपछि भने यो बानी आफैं हट्छ ।अझ विश्वप्रसिद्ध सेलिब्रेटीले यसो गर्लान् भन्ने कल्पना सम्म गर्न सकिन्न । तर एक जना सेलिब्रेटी यस्तै कामका लागि प्रसिद्ध छिन्, पत्याउनै नसकिने काम गर्न । यो पटक यस्तै पत्याउन नसकिने काम गरेकी छन्, सेलेना गोमेजले ।केही न केही कारणले चर्चामा आइरहने सेलेनाले पाइन्टमा नै पिसाब फेरेको बताएर उनले सबैलाई चकित पारेकी हुन् । बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् ।

सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन् । तर बिचैमा ट्राफिक जाममा परिन् । त्यहीबेला उनलाई जोडले पिसाबले च्याप्यो ।सेलिब्रेटी परिन्, बीच बाटोमै आर्लिएर कता शौचालय खोज्दै हिँड्दै हिँड्नु ? च्याप्दाच्याप्दै पनि उनले पाइन्टमै पिसाब खुस्काइन् । उनी मुस्किलले कन्सर्टमा पुगिन र आफूलाई हलुका पारिन् । अन्नपूर्ण सम्पूर्ण