खुलामञ्चको अ’वरोध ह’टाउँदै महानगर

काठमाडौं । राजधानीवासीको साझा आँगनका रूपमा रहेको खुलामञ्चमा भएको अ’वरोध ह’टाउने अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले बुधबार खुलामञ्च क्षेत्रमा रहेका केही संरचना र सामानहरू ह’टाएको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएका सामग्री ह’टाउन थालेको हो ।काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सार्वजनिक खुला ठाउँहरूलाई पूर्ण रूपमा खुला नै राख्ने अ’भियानअन्तर्गत खुलामञ्च क्षेत्रमा रहेका संरचनालाई ह’टाउन सुरु गरिएको जानकारी दिए ।

विशेषगरी २०७२ सालको भू’कम्पछि दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणका क्रममा त्यहाँ राखिएका निर्माण सामग्री र त्यहाँ काम गर्ने श्रमिकलाई बस्न निर्माण गरिएका संरचना सम्बन्धित निकायलाई जानकारी दिएर बुधबार ह’टाइएको महानगर प्रमुख शाक्यले बताए ।उनले भने, “दरबार हाइस्कुल र वीर अस्पतालका भवन निर्माणका क्रममा ती आयोजनाको अ’नुरोधमा नै महानगरले निर्माण सामग्री राख्न तथा विभिन्न संरचना निर्माण गर्ने अनुमति दिएको थियो । ती आयोजनाको काम सम्पन्न भएसँगै ती निर्माण सामग्री र संरचना ह’टाउन सुरु गरिएको हो ।”