भोलिदेखि न्युयोर्क सिटीमा ९ इन्चसम्म हि’मपात हुने मौषमविदको अनुमान

भोलिदेखि न्युयोर्क सिटीमा ९ इन्चसम्म हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन् । विहानै ५ बजेदेखि सुरु हुने हि’मपात शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ ।न्युयोर्क सिटीको आपतकालिन व्यवस्थापनले भोलि विहान ४ बजेदेखि शुक्रबार बेलुका ७ बजेसम्मका लागि जो’खिमपूर्ण ट्राभल ए’ड्भाइजरी जारी गरेको छ । विहिबार विहानदेखि हल्का हिमपात सुुरु भएपनि दिउसोसम्म बढ्ने र कतिपय स्थानमा भारी हि’मपात हुने अनुमान गरिएको छ ।विहान अवेरतिर हि’मपात भारी हुने र दिउसोसम्म जारी रहने, त्यसपछि बेलुका भेरी हल्कामात्र हि’मपात हुने र रातभरी जारी रहने मौषमविदको भनाई छ ।

वैकल्पिक सा’इड पार्किङको नियम शनिबारसम्म खा’रेज गरिएको छ भने भोलि बिहिबारका लागि सडकमा राखिएका आ’उटडोर डा’इनिङ ब’न्द गरिएको छ ।न्युयोर्क बासीहरुलाई भोलि अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ । बाटाहरु चिप्ला हुने भएकाले यात्रामा सा’वधानी अपनाउन सुझाव दिइएको छ । यात्रा गर्दा सकभर सार्वजनिक यातायात प्रयोग गर्न, मास्क अनिवार्य लगाउन र सामाजिक दुरी कायम गर्न भनिएको छ ।