झापामा जन्मदिन मनाउँदै पूर्वरानी कोमल, कति बर्ष लागिन ?

झापा । पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाउँदै छन् ।कोमलको जन्मदिन शुक्रबार एक होटलमा मनाएर राजपरिवारका सदस्यहरू दमकस्थित हि’मालयन चिया ब’गानमा रहेको आफ्नै दरबारमा केही दिन रहने छन् ।त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्य झापा पुगेका हुन् ।२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट कोमलको जन्म भएको हो ।

सोही कारण हरेक प्रजातन्त्र दिवसको दिन कोमलले पनि आफ्नो जन्मदिन मनाउने गर्दै आएकी छन् ।जन्मदिन मनाउन पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयन्द्र शाह पनि झापा पुगिसकेका छन् । पूर्व युवराज पारस शाह पनि आमाको जन्मदिन मनाउन सहभागी हुने भएका छन् ।पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त गरी ५० जना काठमाडौंबाट झापा पुग्दैछन् ।पूर्व रानीको जन्मदिन मनाएपछि पनि ज्ञानेन्द्र शाह र कोमल शाह केही दिन झापामै रहनेछन् । १६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्रा’द्ध परेकाले उनी बीचमा काठमाडौं फर्कने तय भएको छ ।

त्यसपछि उनी पुनः झापा नै पुग्नेछन् ।फागुनको अ’न्तिम तिर पूर्व राजा ज्ञानेन्द्र शाह भारत प्रवेश गर्ने तय भएको छ । स्थल मा’र्गबाट पूर्व राजा भारत जानेछन् । उनी भारतको सि’लगुढी हुँदै दा’र्जिलिङ, ख’र्साङ का’लिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भे’टघाट पनि गर्ने बु’झिएको छ ।