पूर्वराजपरिवारको भ’ब्य ज’मघट , होटलका दर्जनौ कोठा बु’किङ

काठमाडौं । पूर्वराजपरिवार आज झापाको होटल मे’ची क्रा’उनमा छन् । उनीहरु पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिन म’नाउन भे’ला भएका हुन् ।पूर्वराजा ज्ञानेन्द्र र कोमल आइतबार नै झापा पु’गेका थिए । उनीहरु आज परेको कोमलको ७० औं जन्मदिन मनाउने ग’री पुगेका हुन् । जन्मदिन मनाउन पूर्व युवराज पारस, पूर्वयुवराज्ञी हिमानी, पूर्व नवयुवराज हृ’दयन्द्रलगायत आफन्त पनि झापा पु’गेका छन् ।’होटल मे’ची क्रा’उनमा जन्मदिन मनाउन दर्जन जति कोठा समेत बु’किङ भएको छ । जन्मदिनमा राजपरिवारका आफन्तहरुलाई समेत नि’म्तो गरिएको छ ।

२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको को’खबाट कोमलको जन्म भएको हो ।सोही कारण हरेक प्र’जातन्त्र दि’वसको दिन कोमलले पनि आफ्नो जन्मदिन मनाउने गर्दै आएकी छन् । पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त गरी ५० जना काठमाडौंबाट झापा पुग्दैछन् ।पूर्व रानीको जन्मदिन मनाएपछि पनि ज्ञानेन्द्र शाह र कोमल शाह केही दिन झापामै रहनेछन् । १६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्रा’द्ध परेकाले उनी बीचमा काठमाडौं फ’र्कने तय भएको छ ।

त्यसपछि उनी पुनः झापा नै पुग्नेछन् ।फागुनको अ’न्तिम तिर पूर्व राजा ज्ञानेन्द्र शाह भारत प्रवेश गर्ने तय भएको छ । स्थल मा’र्गबाट पूर्व राजा भारत जानेछन् । उनी भारतको सि’लगुढी हुँदै दा’र्जिलिङ, ख’र्साङ का’लिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भे’टघाट पनि गर्ने बु’झिएको छ ।तस्बिर : फाइल