माझी बस्तीमा ठ’ग्ने न’टवरलालको सम्पूर्ण ना’लीबेली, पाउने भए पी’डितले न्या’य (भिडियो रिपोर्ट)

काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटको माझी गाउँमा करिब एक सय माझी परिवार बसोबास गर्छन् । यो वस्तीका अधिकांस परिवार ग’रिबी, अशिक्षा, अभाव संग दिनहुँ जु’ध्नु पर्छ । हो यो बस्तीका मानिसहरु पुरै बिहान खाए बेलुका के खाउ अनि बेलुका खाए बिहान के खाउ को अवस्थमा कठिन जिन्दगी बाँ’चिरहेका छन् । अधिकांश घर टिनका छाप्रा छन् । बस्तीसँगै रहेको तामाकोशी नदीमा माछा मा’रेर बिहान बेलुका जेनतेन हातमुख जो’र्ड्दै आएका छन् यहाँका माझि परिवारहरु ।

यहाँका बालबालिकाले स्कुल कस्तो हुन्छ अनि कपि किताब कस्तो हुन्छ देख्न समेत पाएका छैन ।स्वास्थ्यमा केहि भैहाल्यो भने मृ’त्यु कु’र्नु बाहेक अर्को विकल्प छैन उनीहरुसँग । गरिबीले थिलो थिलो पारेको अवस्थामा २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पले उनीहरुको मु’हारमा भएको ब’चेकुचेको खुशी पनि खोशि दियो । राहतको पर्खाइमा अ’नगिन्ति दिन क्षितिज पारि नियालेका उनीहरुको आँखाको पी’डामा एक व्यक्तिले आफ्नो ठ’गी नजर लागाउन शुरु गर्‍यो । हेर्दा मधेशी मुलको जस्तो देखिने महेन्द्र यादव भन्ने कपडा बेच्ने व्यक्तिले बस्तीमा आएर राहतको लो’भ देखाउन थाल्यो ।

शहरमा राहत दिने संस्था रहेको छ भन्दै नागरिकता र फोटो लिएर गएपछि राहत पाइने लोभको जालोमा वस्तीको आठ परिवारलाइ पार्‍यो । कोहि स्थानीयलाई काठमान्डौ, कोहीलाई जनकपुर त कोहीलाई सर्लाहीको मलंगवा पुर्याइयो । एक हप्ता भन्दा बढी होटलमा राखेर विभिन्न कार्यालयमा लगेर अ’नेकथरी कागजमा हस्ताक्षर गर्न लागाइयो र काम सके पछि प्रतिव्यक्ति १० हजार देखि २० हजार लिएर घर फर्किय माझि परिवारका ति सदस्यहरु ।त्यो कथित राहतले के नै गर्‍यो र । तैपनि दुई-तीन हप्तालाई चामल तेल र मरमसला भएपनि पुग्यो भन्ने सोचेर फेरी आफ्नै काम तामाकोशीमा माछा मार्न थाले अनि त्यसैले जेनतेन गु’जारा चल्दै आएको थियो ।

यस्तैमा केहि समय अघि राहतको आशमा कपडा बेच्ने महेन्द्र यादव भन्नेले काठमाडौं पठाएको लक्षमण माझीको घरमा उच्च अदालत पाटनको पत्र आइपुग्यो । जसमा लक्षमण माझीको नाममा रहेको कम्पनीले सरकारलाई तिर्नु पर्ने राजस्व नतिरेको भन्दै १५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको रहेछ । अरुलाई पत्र पढ्न लगाएर सुन्दा लक्ष्मण माझी, उनको परिवार र सिंगो गाउँ नै छाँगाबाट ख’स्यो ।हो लक्ष्मण माझीको गोजीमा अहिले सम्म हजारका नोट दुई वटा सँगै बस्न पाएका छैनन् । शहर देख्नु भनेको सपना जस्तै हो उनको लागि । तर कसरी मेरो नाममा कम्पनी भयो र भन्दै पीडा पोख्ने ठाउँ पनि छैन उनको ।

पछि बुझ्दा तीनै राहत दिन्छु भन्ने व्यक्तिले राहतको लोभमा कम्पनि खोलेर करोडौको कारोबार गरेर राजस्व छली गरेका रहेछन । दुइ छाक खान नपुग्ने मैले ५ करोड ५६ लाख कहाँबाट ल्याउनु र तिर्नु, न’खाएको बि’ष पनि लाग्छ र भन्दै गहभरि आँशु बनाउँदै पी’डा पोख्छन् ।त्यति बेला राहतको आशमा त्यो कपडा बे’च्ने ठ’गले गरेको ठ’गीको सि’कार लक्ष्मण माझि मात्र हैन उनका छोरा दिसेश माझि अन्य चार माझिहरु अनि अर्को गाउँका मोहन बहादुर काफ्ले र अर्का एक जना गरि कुल ८ जना पि’डित छन् ।लक्ष्मण माझिलाइ जस्तै आफुलाई पनि त्यस्तै चिठी आउने र जेल सम्म पर्ने ड’रले उनीहरुको निन्द्रा खो’शिएको छ ।

हो अहिले दोलखा तामाकोशी किनारको माझि बस्तीमा रु’वाबासी छ । केहि हजारको आश देखाएर राहत दिन्छु भन्दै राजधानी लगाएतका सहरमा लगेर पी’डितलाई झु’क्काएर करोडौ ठ’गि गरेको छ अज्ञात गिरोहले ।परिवार पाल्नको लागी दैनिक माछा मा’र्ने र तिनै माछा बेचेर आएको दुई चार सय रुपैँयाले बिहान बेलुका हातमुख जो’र्न समेत धौधौ पर्ने भिरकोटका लछुमन माझीको नागरीकता दुरुपयोग गरी कपडा बेच्न आएको ठ’गले उनैको नामबाट कम्पनि खोलीदियो ।जसको नाम पि आर के ट्रेड ईन्टरप्रईजेज हो र त्यसले ५ करोड ५६ लाख राजश्व छ’लेको भन्दै उच्च अदालत पाटनले २०७७ मंसिर २१ गते १५ दिन भित्र अदालतमा हाजिर हुन लछुमन माझीलाइ पत्राचार गर्यो ।

लछुमन जस्तै राहतको लोभमा नटवरलाललाइ नागरीकता दिएका ८ घर माझी परीवार आफुहरु अन्यायमा परेको भन्दै विभिन्न निकायमा पुगे उनीहरु तर ति निकायहरुले र्हेछौ र गछौ भन्ने आश्वासन बाहेक उनीहरुले केही पाएनन् ।कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालय समेत नटेकेका माझीको नाममा पीआरके ट्रेड ईन्टरप्रईजेजको नामबाट दर्ता भएको स्थायी लेखा नं. ६०५४२८२७२ बाट राजस्व छली गरेको अभियोगमा लागेका लछुमनकै अवस्था हुन्छ कि भन्ने ड’र मा छन् अरु गाउँले पनि ।राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकांश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरु छन् ।

लछुमन माझीलाई अदालतको पत्र आएको देखेर डराएका उनीहरु गाउपालीका अर्थात आफैले भोट दिएर जिताएका तामाकोसी गाउँपालीकाका अध्यक्षलाई आफ्नो पि’डा सुनाउन गए तर उनले न्याय दिलाउन सक्दो पहल गर्छु भन्न बाहेक अरु केह गर्न सकेका छैनन् । गाउपालीका अध्यक्षले हामीलाई पनि त्यो बाहेक पिडा स’माधान गर्न ढुक्क हुने कुनै कुरा गरेनन् ।भुकम्पले भ’त्काएको झुप्रो बनाउने र भोकले छटपटाएका पेट पाल्नकै लागी राहातको लोभमा परेर ठ’गले जाहा भन्यो त्यही ल्याप्चे लगाएका तामाकोसी किनार भिरकोटका ८ घर माझी परविारको होस त्यती बेला मात्रै उड्यो जतीबेला लछुमन माझीलाई ५ करोड ५६ लाख राजशव छलेको भन्दै पाटन उच्च अदालतले उनको ढोकामा म्याद टाँस्यो ।

त्यती बेला उनीहरुलाई याद भयोकी ल्यापचे ठो’केर आफुहरुले पनी राहात ल्याइको त्यसपछी हामी पनी लछुमन माझीको जस्तै मु’द्धामा फ’स्न सक्छौ भनेर पढे नलेखेका उनीहरु न्या’य खोज्नका लागी टाढा त जान सक्दैन थिए । तर सम्बन्धित निकायहरु स्थानीय निकाय जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रसाशन सम्म पुगे उनीहरु तर सम्बन्धित निकायसँग पनी गछौँ र हेर्छौ भन्ने तर अपराधी सम्म पुग्ने र खोज्ने ठोस योजना केही पनी छैन उनीहरुसंग यती सम्मकी पक्राउ परेका मान्छेको बारेमा समेत जानकारी छैन उनीहरुलाई ।लक्ष्मण माझी त एक प्रतीनिधि पात्र मात्रै हुन उनी जस्तै माझी गाउँका ८ परीवारको पनी अवस्था यस्तै नआउला भन्न सकीन्न ।

जिल्ला प्रहरी कार्यलयबाट चित्त बुझ्दो जवाफ नपाए पछी हामी जिल्ला प्रसाशन कार्यलय पनी पुग्यौ तर प्रशासनको जवाफ पनी उस्तै अरु नि’कायको भन्दा फरक छैन । प्रमुख जिल्ला अधिकारीको यो भनाई हेर्नुहोेस ।आफैले भोट दिएर जिताएका जनप्रतिनिधी र जनताका लागी काम गर्ने जिल्लाका संम्बन्धीत निकायको जवाफले आ’जित बनेका माझी परीवार त्यती ठुलो रकम पैसा त तिर्न सक्दैन थिए । कित हा’म फा’लेर मर्ने कित जेल जान बा’ध्य भएका उनहिरुको चि’त्कार सुनेर हामीले त्यो गरीब माझी बस्तीको पि’डालाई सम्बन्धीत निकाय सम्म पुराएका छौ ।

र त्यो ठ’गिको मुख्य नाइके को हो अनि त्यसको दाइने हात मानिने ब्यक्ति को हो । अनि उनीहरुले कसरि काम गर्छन भन्ने बारे र ठगीको ड’रलाग्दो तथ्यांक यस्तो छ :राजस्व छली गरेको भन्दै दोलखाका गरिब माझी परिवारलाई उच्च अदालत पाटनमा मुद्दा हाल्ने सरकारी निकाय हो आन्तरिक राजस्व बिभाग । हामी बिभाग पुगेर ति माझि माथि अ’न्याय गर्ने ठग नटवरलालको खोजि पनि गरेका छौ । ति ठगहरुले गरिब लछुमन माझीको नाममा खोलेको कम्पनीको नाम हो पी आर के ट्रेड इन्टरप्राइजेज । जसको दर्जन बढी वाणिज्य बैंकमा खाता रहेछ ।

उनीहरुले सम्पूर्ण आर्थिक अधिकारको अख्तियारी आफुसंग लिएर राजस्व छली गर्ने गरेका थिय । माझि वस्तीका गरिबलाई आर्थिक प्रलोभनमा पारेर कम्पनि खोलिएको बिषयमा आन्तरिक राजस्व बिभागले पनि ग’म्भीर अनुसन्धान गरेको छ ।गरिब माझिको नाममा कम्पनि खोलेर आर्थिक अधिकार लिएर राजस्व छली गर्ने र माझि परिवारलाइ जे’ल च’लान गर्ने गि’रोहको समेत पत्ता लगाइसकेको छ राजस्व अनुसन्धान बिभागले र उनीहरुलाई मु’द्दा पनि च’लाईसकेको छ । यो ठ’गि ध’न्दाको प्रमुख नाइके हो लक्ष्मण राय ।जसको तिन पुस्ते हेर्नुहोस ।

प्रदुमन राय यादबका नाति , सुकदेव राय यादवका छोरा तत्कालिन बिरगंज उपमहानगरपालिका वडा नं १६ र हाल बिरगंज महानगरपालिका वडा नं १३ नगवामा बसोबास गर्ने र त’त्कालिन ग’महरिया ६ सर्लाही बस्ने वर्ष ५० को ।माझी परिवारको खुशी खोस्ने ठग र मुख्य योजनाकार लक्ष्मण राय हाल ’फरार छन् भने प्रहरीले उसको खोजी व्या’पक बनाएको छ । लक्ष्मण रायको कामलाई सहयोग गर्ने र रायको दाहिने हात मानिने महोत्तरी घर भै काठमाडौं बस्ने रन्जन कुमार सिंह भने अहिले प्रहरी हिरासतमा छ ।कानुनी दायरामा आइसकेको ठग रन्जन कुमार सिंहले आफ्नो बयानमा यसो भन्छन्, ‘पी आर के ट्रेड इन्टरप्राइजेजको प्रोपाइटर तथा खाता संचालकलाइ म चिन्दिन ।

पी आर को तर्फबाट म संग सम्पर्क हुने प्रधुन्न राय यादवका छोरा हाल बिरगंज बस्ने फोन ९८६३८१०३१० ठेगाना भएका लक्ष्मण राय हुन् । मैले लक्ष्मण मार्फत पी आर के ट्रेड इन्टरप्राइजेज स्थाई लेखा नम्बर ६०५४२८२७२ को कर विजक लिई आफ्नो गो’दामका मालसामान विधुत प्राधिकरणमा सप्लाई गर्ने गर्दथे । उक्त सप्लाई वापतको रकम पी आर के ट्रेड इन्टरप्राइजेजको बैंक खातामा विधुत प्राधिकरणबाट जम्मा भएपछि निज लक्ष्मण राय मार्फत भएको चेकवाट म र मेरा कर्मचारी बैंकमा गई निकाल्ने गरिएको हो । पी आर के ट्रेड इन्टरप्राइजेजको पूर्ण नियन्त्रण मेरो हैन ।

प्रश्नमा सो’धिए अनुसार उक्त कारोबारमा म पूर्ण रुपमा जि’म्वेवार होइन । लक्षमण रायले कतिपय अवस्थामा केहि मालसामान सहित दिने त्यसको रकम निजले नै लिने गरेको थियो । माल सामान नदिएका विजक मात्र दिएका अन्य कारोबारहरुमा चेक कलेक्सन गर्ने , बैंक खातामा रकम जम्मा गर्ने र पी आर के ट्रेड इन्टरप्राइजेजको बैंक खाताबाट रकम निकाल्ने म र मेरो कर्मचारीहरुबाट भएकै हो । कानुन बमोजिम हुनसक्ने गरि कम स’जाय गरि पाउँ भनि ब’यान दिएको ।’राजस्व अनुसन्धान बिभागको भनाइ र पक्राउ परेको र गल्ति स्वी’कारेको व्यक्तिको बयानबाट यो भन्न सक्छौकि गरिब र सोझा जनतालाइ प्रलोभनमा पारेर कति सम्मको ध’न्दा हुने रहेछ यो देशमा ।

दोलखाको माझि परिवार त उदाहरण मात्र हो । एही तरिकाले १२ अर्ब भन्दा बढी राजस्व छ’ली भएको रहेछ । अरु त अरु चाटर्ड एकाउन्टटेण्ट र अ’डिटर समेतले यो धन्दा गरेर का’रवाही भो’गीसकेका छन् भने कोही फरार छन् । गरिब जनतालाई झु’क्काएर खो’लिएका कम्पनि र फर्म झन्डै २०० राजस्व अनुसन्धानले पत्तालगाई का’रबाही प्रक्रियामा छ ।हो माझी परिवारको पीडा देख्दा र राजस्व अनुसन्धानको भनाइबाट यो भन्न स’क्छौकि गरिबलाई ठग्न र राजस्व लु’ट्न यो देशमा ठुलो गि’रोह स’क्रिय छ ।भिडियो यहाँ छ