बेलायतमा कोरोनाबाट थप १२ हजार संक्रमित, ४५४ को मृ’त्यु

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा १२ हजार नयाँ संक्रमित थपिएको ‘डि’पार्टमेन्ट अफ सि’साल के’यर’ को तथ्याँकमा उल्लेख छ । १२ हजार ५७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ४० लाख ८३ हजार २४२ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि क’मी आएको ताथ्याँकले देखाएको छ ।यसैगरी बितेको २४ घन्टामा ४५४ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । मृ’तक संख्यामा पनि निरन्तर क’मी आउँदै गएको छ । बिहीबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कुल मृ’तक संख्या एक लाख १९ हजार ३८७ पुगेको छ ।

हाल जा’री ल’कडाउन र कोरोना वि’रुद्धको खोप वितरण कार्यलाई ती’व्रता दिएसंगै पछिल्लो समयमा कोरोना संक्रमण र मृ’त्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा ब’ढेको अ’त्यधिक चा’प पनि अहिले नि’कै कम भएको छ ।अघिल्लो महिना अस्पतालमा उपचार ग’राउनेको संख्या ४० हजार ना’घेकोमा अहिलो यो संख्या घटेर २० हजारको हा’राहारीमा पुगेको छ । यसैगरी भे’न्टिलेटर बेडमा उपचार ग’र्नेको संख्या पनि करिब एक तिहाइ घ’टेर दुई हजार छ सयको हा’राहारीमा पुगेको छ ।

बेलायतमा कोरोना वि’रुद्धको खोप अ’भियान शुरु भएयता एक करोड ६४ लाख बढीले कोरोना वि’रुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शु’रु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डो’ज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ । बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ६४ लाख २३ हजार ८२ जनाले कोरोना वि’रुद्धको खोपको पहिलो डो’ज लिएका छन् । यसैगरी पाँच लाख ७३ हजार ७२४ जनाले खोपको दोस्रो डो’ज समेत लिइसकेका छन् ।

हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खो’प वितरण गरिँदैछ । हालसम्म ७० वर्ष माथिका चौथो ग्रु’पका मानिसहरुलाई खो’प वितरण गरिएको र अझै पनि शी’र्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, के’यर होम रे’सिडेन्ट, अ’ग्रपंक्तिमा काम गर्ने हे’ल्थकेयर व’र्कर्सहरु लगायतलाई प्रा’थामिकतामा नै राखिएको छ ।