प्रदेश- १ मा मनाइयाे प्रजातन्त्र दिवस

काठमाडौं – । प्रदेश नं. १ सरकारले आयोजना गरेकेा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन र्राईले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता अनुसार दलिय कानुनलाई पालना गराउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।प्रदेश नं. १ का मुख्यमंत्री र्राईले संविधान र कानुनको मान्यतालाई आत्मसात गरेर अगाडि बढ्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले आफु विरुद्ध प्रदेश सभामा पेश गरिएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताउदै संघियताको प्रणाली विकास गर्नुपर्ने बेलामा मुल्य मान्यतालाई मिच्ने कार्य मान्य नहुने जिकिर गर्नुभयो ।७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिले आयोजना गरेको सो कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । स्थानीय रोडशेष चोकबाट बाजागाजा सहित निस्किएको र्‍याली मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा सभामा परिणत भएको थियो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेश सचिवहरु, सरकारी कर्मचारी, प्रहरी, सशस्त्र प्रहरीहरु, विद्यार्थी, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।