ओली समूहको नेकपाले आज विराटनगरमा प्र’दर्शन गर्दै, दुई लाख कार्यकर्ता उ’तार्ने दा’बी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स’मूहको नेकपाले आज (शनिबार) विराटनगरमा आ’मसभाको आ’योजना गर्दैछ । प्रतिनिधि सभाको वि’घटनपछि नेकपाकै प्रचण्ड-नेपाल स’मूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक स’माजले ओलीको क’दम अ’संवैधानिक भएको भन्दै व्या’पक प्र’दर्शन गरिरहेको अवस्थामा ज’वाफस्वरुप ओली स’मुहले पनि आ’मसभा गर्दै आएको छ । त्यही सि’लसिलामा आज विराटनगरमा प्र’दर्शन एवं सभा ग’रिन लागेकाे हाे ।

अ’संवैधानिक क’दम स’च्याउन च’रम द’बाव रहेका बेला आफ्नो पक्षमा वि’शाल ज’नमत देखाउन भन्दै ओली स’मुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्र’दर्शन गरिसकेको छ । आज विराटनगरमा आ’योजना हुने वि’शाल आ’मसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली स’मुहका नेताहरुले दा’बी गरेका छन् ।सभाका लागि विराट न’र्सिङ् हाेम नजिकै रहेको खाली जग्गामा मञ्च बनाइएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएकाे छ । जसमा प्रधानमनत्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेश १ का अन्य नेताहरुले स’म्बोधन गर्ने भएका छन् ।

कञ्चनबारी, रोडशेष, ती’नपैनी, हा’टखोलालगायत गरी विभिन्न ६ स्थानबाट र्‍या’ली नि’कालेर १२ बजेसम्ममा कार्यक्रमस्थलमा जम्मा हुने कार्यतालिका तय गरिएको छ । विभिन्न जिल्लाका गाउँगाउँबाट आ’मसभामा आउन सवारीहरुको व्यवस्था गरिएको नेताहरुले बताएका छन् । जसमा १० हजार मोटरसाईकल र एक हजारभन्दा बढी सार्वजनिक बसहरुको व्यवस्था गरिएको बताइएको छ ।प्रधानमनत्री ओलीको सु’रक्षाका लागि विराटनगरमा सु’रक्षा व्यवस्था पनि क’डा पारिएकाे छ । कार्यक्रमको सम्पूर्ण व्यवस्था तथा प्रबन्धकाे जिम्मा नेकपा जिल्ला कमिटी मोरङले लिएको छ ।