प्रचण्डलाई नेता मान्न सकिएन भन्दै शेरवहादुर तामाङ र उषाकला राईद्वारा प्रचण्ड- नेपाल समूह प’रित्याग

काठमाडौं । वि’घटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह प’रित्याग गरेका छन् ।शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए ।सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सासंद समेत रहेका तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपामा नै छौ ।’

आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले अ‍ोली पक्षमा लागेको घो’षणा गर्ने बताइएको छ ।प्रतिनिधि सभाको वि’घटनपछि नेकपाकै प्रचण्ड-नेपाल स’मूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक स’माजले ओलीको क’दम अ’संवैधानिक भएको भन्दै व्या’पक प्र’दर्शन गरिरहेको अवस्थामा ज’वाफस्वरुप ओली स’मुहले पनि आ’मसभा गर्दै आएको छ । त्यही सि’लसिलामा आज विराटनगरमा प्र’दर्शन एवं सभा ग’रिन लागेकाे हाे ।

अ’संवैधानिक क’दम स’च्याउन च’रम द’बाव रहेका बेला आफ्नो पक्षमा वि’शाल ज’नमत देखाउन भन्दै ओली स’मुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्र’दर्शन गरिसकेको छ । आज विराटनगरमा आ’योजना हुने वि’शाल आ’मसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली स’मुहका नेताहरुले दा’बी गरेका छन् ।सभाका लागि विराट न’र्सिङ् हाेम नजिकै रहेको खाली जग्गामा मञ्च बनाइएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएकाे छ । जसमा प्रधानमनत्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेश १ का अन्य नेताहरुले स’म्बोधन गर्ने भएका छन् ।

कञ्चनबारी, रोडशेष, ती’नपैनी, हा’टखोलालगायत गरी विभिन्न ६ स्थानबाट र्‍या’ली नि’कालेर १२ बजेसम्ममा कार्यक्रमस्थलमा जम्मा हुने कार्यतालिका तय गरिएको छ । विभिन्न जिल्लाका गाउँगाउँबाट आ’मसभामा आउन सवारीहरुको व्यवस्था गरिएको नेताहरुले बताएका छन् । जसमा १० हजार मोटरसाईकल र एक हजारभन्दा बढी सार्वजनिक बसहरुको व्यवस्था गरिएको बताइएको छ ।प्रधानमनत्री ओलीको सु’रक्षाका लागि विराटनगरमा सु’रक्षा व्यवस्था पनि क’डा पारिएकाे छ । कार्यक्रमको सम्पूर्ण व्यवस्था तथा प्रबन्धकाे जिम्मा नेकपा जिल्ला कमिटी मोरङले लिएको छ ।