काठमाडौं उपत्यकाका यी स्थानमा आज बत्ती जाने, कहाँ कति बजे जान्छ कति बजे आउछ ? हेर्नुहोस्

काठमाडौं – शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जाने भएको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार आज लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडर, लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडर, पुल्चोक वितरण केन्द्रको पाटन फिडर, भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडर र बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गतका स्थानमा बत्ती जाने भएको हो । प्राधिकरणले सुचना जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जानेबारे जानकारी दिएको हो ।

आज लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, धापाखेल, भेल्पा लगायतका स्थानमा बत्ती बत्ती जाने जनाइएको छ ।यस्तै भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडर अन्तर्गत एक ट्रान्सफर्मर जडान हुने भएकाले इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट लगायतका स्थानमा बिहान १० देखि दिउँसो १२ बजेसम्म बत्ती जाने जनाइएको छ । त्यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल लगायतका स्थानमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने जनेछ ।

त्यस्तै काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्र अन्तर्गत स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायतका स्थानमा १ बजेदेखि २ बजेसम्म बत्ती जानेछ । त्यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस लगायतका स्थानमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।