यसकारण छुटेको थियो राहुलसंग मनिषाको प्रेम

एजेन्सी । बलिउड कलकारको जिवन पनि फिल्मको कथा जस्तै हुन्छ । त्यस्तै जिवन कथा भएका अभिनेता हुन् राहुल रोय । उनको फिल्म क्षेत्र त त्यती सफल भएन ब्यक्तिगत जिवन पनि निकै उतार चढावपूर्ण भयो । उनी अहिले ६३ औं जन्मदिन मनाउँदै छन् । उनको पहिलो फिल्म ‘आशिकी’ सबैको मनमा बस्न सफल भयो । त्यसको गीत ‘नजर के सामने, जिगर के पास, कोई रहता है’ले बलिउडमा छुट्टै छाप बनायो ।उनै राहुल रोयसंग कुनै बेला मनिषा कोइरालाको पनि प्रेम थियो ।

आशिकीको सफलता पछि उनले एकाएक झण्डै ६० फिल्मवाट उनलाई प्रस्ताव आयो । उनले ४७ फिल्ममा एकै पटक सम्झौता गरे । उनी रातारात सुपर हिरो बन्न चाहन्थे । तर भाग्यले उनलाई साथ दिएन । उनका २५ फिल्म फ्लप भए ।कलेजको दिनमा राहुल दिल्लीमा मोडलिङ गर्दथे । उनी आमा पत्रिकामा लेख लेख्थिइन् । एकपटक उनको लेख पढेपछि निर्देशक तथा निर्माता महेश भट्ट आमालाई भेट्न राहुलको घर पुगे पछि उनी फिल्मसंग जोडीन पुगेका थिए । उनले नै आशिकीमा राहुललाई अफर गरेका थिए ।

यसपछि उनले सन् १९९२ मा महेशकै फिल्म ‘जुनून’मा अभिनय गरे । यो फिल्ममा उनले निभाएको भिलेन चरित्रले दर्शक चकित भए । तर त्यसपछि पनि उनको फिल्म करियर राम्रो भएन । त्यती बेला उनको अफेयर महेशकी जेठी छोरी तथा अभिनेत्री पूजा भट्टसँग भयो । तर दुवैले कहिले पनि आफ्नो सम्बन्धलाई स्वीकारेनन् । पूजा पछि उनको जिन्दगीमा मनिषा कोइराला आइन् ।राहुल आफ्नो करियरका कारण चिन्तित थिए । उनले मनिषालाई चाहेजस्तो जिवन दिन सक्दिन जस्तो लाग्यो ।

जसकारण मनीषासँग उनको सम्बन्ध लामो टिकेन । त्यसपछि उनले मोडल राजलक्ष्मी खानविलकरसँग विवाह गरे । तर त्यो विवाह पनि लामो समय टिकेन । टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा पनि सहभागिता जनाइसकेका राहुल अहिले सानातिना फिल्मका निर्माता बनेका छन् ।