काठमाडौंमा ६५ रुपैयाँमा पे’टभरि खाना, खाना खान जानेको भी’ड

काठमाडौं । काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा प’त्याउन गा’ह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ ।सस्तो मूल्यमा खाना खान बिहान ९ देखि राति ९ बजेसम्म ‘हाम्रो खानाघर’मा भि’ड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं’ग छन् ।उनी भन्छन्, मैले सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मिठो खाना खान पाइन्छ । पैसा पनि बचत भएको छ ।‘घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक ३ सय रुपैयाँ खर्च हुन्थ्यो ।

तर, अहिले खानाका लागि उनले छु’ट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ ।’ ‘सस्तोमा मीठो खाना पाइने भएकाले अरुलाइ पनि आउन भन्छु । १५ जनाजति सा’थस्लाई त ल्याइसकेको छु । मीठो, राम्रो अनि स’स्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने रु’ उनले भने ।दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बो’केर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो ।हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला म’जदुरी गर्नेहरुको मात्र होइन सस्तो र राम्रो खाना खानेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ । नयाँ पत्रिकामा खबर छ ।