एयर इन्डिया चढेर आएको खोप भारतभन्दा प्रतिडो’ज १२८ रुपैयाँ महँगो, गु’म्यो साढे २५ करोड

गत बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पत्रकारहरुलाई भने– ‘तपाईंहरु एउटा कुरा बुझेर के लेख्नुस् भने यो खोप सहुलियत दरमा आउँदैछ।’ सरकारले भारतको सेरम इ’न्सटिच्युट अफ इन्डियाबाट उत्पादित २० लाख डो’ज को’भिसिल्ड खोप किन्ने निर्णय गरेको थियो। यो खोप अ’क्सफोर्ड र ए’स्ट्राजेनिकाले विकास गरेका हुन्। पुरै रकम अ’ग्रिम भुक्तानी गर्न नपाइने सार्वजनिक खरिद ऐ’नको प्रा’वधान नै मन्त्रिपरिषद्को निर्णयबाट नि’लम्बन गराई सरकारले से’रमलाई २० लाख डो’ज खरिदका लागि रकम पठाएको थियो।

सरकारले उक्त खो’प प्र’तिडोज ४ अमेरिकी डलर (४६४.८० रुपैयाँ) सहुलियत मूल्यमा किन्न लागेको मन्त्री त्रिपाठीले बताएका थिए। जसअनुसार से’रमले नेपालबाट झन्डै ९३ करोड रुपैयाँ भु’क्तानी पाइसकेको छ। त्रिपाठीले उक्त सहुलियत दर कायम गर्न भारत सरकारको पनि सहयोग रहेको दा’बी गरेका थिए। ‘सहुलियत दर सामान्य प्रयासले नि’र्धारण भएको होइन। चार डलरको सहुलियत दर निर्धारणका लागि भारत सरकारको सहयोग छ,’ उनले थपे। नेपालले भारतबाट किन्ने भनिएको २० लाख डो’जमध्ये पहिलो खेपमा १० लाख डो’ज खोप आइतबार नेपाल आइपुगेको छ।

एयर इन्डियाको विमानमार्फत् उक्त खोप आइतबार दिउँसो काठमाडौं ल्याइएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खो’प टेकुस्थित को’ल्डरुममा भ’ण्डारण गरिएको छ। त्यहाँबाट प्रदेश हुँदै जिल्लास्थित खो’प केन्द्रमा पुर्‍याइनेछ। सरकारले यो खोप फागुन २३ गतेबाट ५५ वर्षभन्दा माथिका ना’गरिक, स्थानीय निकायका कर्मचारीलगायत अ’ग्रपंक्तिमा ख’टिनेलाई लगाउने तयारी गरेको छ। अहिलेसम्म अस्पतालहरुबाट लगाइएको खो’प अब समुदायस्तरमा खो’प केन्द्र स्थापना गरेर लगाइने छ। तर, स्वास्थ्यमन्त्रीको दा’बीविपरीत से’रमबाट नेपालले किनेको खो’प युरोपेली संघ र भारतले खरिद गरेको भन्दा महँगो देखिएको छ।

भारतको लोकसभामा समेत युरोपेली संघको भन्दा भारतले म’हँगोमा खो’प किनेको भन्दै प्रश्न उठेको थियो। अघिल्लो साता त्यसको लिखित जवाफ दिँदै भारतका स्वास्थ्य तथा परिवार क’ल्याणमन्त्री आ’श्विनीकुमार चौ’बेले कम्पनीबाट प्रतिडोज २१० भारतीय (३३६ नेपाली) रुपैयाँमा उक्त खो’प खरिद गरेको जनाएका थिए। यही हिसाबले हेर्दा नेपालले भारतको भन्दा १२८ रुपैयाँ महँगोमा खो’प खरिद गरेको देखिन्छ। से’रमबाटै २० लाख डो’जका लागि भारतले ६७ करोड ४० लाख रुपैयाँ ति’र्दा सोही परिमाणको खो’पलाई नेपालले भने झन्डै ९३ करोड रुपैयाँ तिरेको छ।

अर्थात् उही परिणाम (२० लाख डो’ज)को खो’प से’रमबाट भारतभन्दा नेपालले साढे २५ करोड रुपैयाँ ब’ढी ति’रेर किन्दा पनि ‘भारत सरकारको सहयोगमा सहुलियतमै खो’प किनेको’ दा’बी मन्त्री त्रिपाठीले गर्दै आएका छन। सरकारी अधिकारी पनि से’रमबाट सरकारले सहुलियतमा खो’प पाएको दा’बी गर्छन्। यसै विषयमा प्रश्न राख्दा खो’प खरिदको जि’म्मेवारी बो’केको स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठ प’न्छिए। उनले व्यवस्थापन महाशाखा प्रमुख भी’मसिंह तिं’करीलाई सबै कुरा थाहा हुने भन्दै उनैसँग सम्पर्क राख्न भने।

‘अहिले सहुलियत दरमा खो’प पाएको हो,’ तिं’करीले भने, ‘भोलि टे’न्डर गर्नुपर्‍यो भने धेरै खो’प उत्पादन गरे कम मूल्य पर्नसक्छ। माग धेरै भयो तर कम उत्पादन भयो भने अझै बढी पैसा पनि पर्नसक्छ।’ उनले कम्पनीले सुरुमा प्रतिडो’ज ४ डलर ४० सेन्ट भनेपनि छलफलपछि ४ डलरमा खोप दिन कम्पनी तयार भएको जनाए। उनले युरोपेली संघअन्तर्गतका देशहरुले खोप उत्पादनमा सहकार्य गरेकाले कम्पनीले ती देशहरुलाई कम मूल्यमा खो’प उपलब्ध गराएको हुनसक्ने बताए। तिं’करीले से’रमबाट नै बंगलादेशले समेत साढे ५ डलर प्रतिडो’जका दरले खोप खरिद गरेको दा’बी गरे।

तर ढाका ट्रि’ब्युनका अनुसार बंगलादेश र सेरमबीच ४ डलरमा खो’प खरिद सम्झौता भएको छ। बंगलादेशले सेरमसँग ३ करोड डो’ज खरिदका लागि सम्झौता गरेको थियो। त्यस सम्झौताअनुसार गत जनवरी अ’न्तिममा ’सेरमबाटै बंगलादेशले पहिलो चरणमा ५० लाख खो’प पाएको थियो। उक्त खो’प बंगलादेशले प्रतिडो’ज ४ डलरमा पाएको ढाका ट्रि’ब्युनले जनाएको छ। सम्झौतामा भारतलाई सो कम्पनीले उक्त रकमभन्दा कममा खो’प उपलब्ध गराएमा बंगलादेशले पनि ४ डलरभन्दा कम मूल्य तिर्ने उल्लेख छ। नेपाल खबर