प्रधानमन्त्री ओलीले उद्घाटन गरेको नेपालको दोस्रो लामोपक्की पुलको शिलालेख तो’डफोड

दाङ – दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तो’डफोड भएको छ ।सिसहनिया-महादेवा जो’ड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अ’नावरण समेत गर्नुभएको थियो । पुल उ’द्घाटन भएको एक महिना नपुग्दै शिलालेख तो’डफोड गरिएको भएको छ । कसले र किन शिलालेख तो’डफोड गर्याे भन्ने बारेमा आधिकारीक जानकारी आउन बाँकी छ । इ’लाका प्रहरी कार्यालय ग’ढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तो’डफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताउनुभयो ।

शिलालेखमा लेखिएको विवरणमा त्रु’टि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए ।पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सि’सहनिया पुल लेखिएको भन्दै गु’नासो आएको थियो । त’त्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शि’लान्यास गर्नु भएको थियो । झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र ब’नाइसक्ने सम्झौता भएको थियो । तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।