जग्गाधनी श्री ५ को सरकार, मोही टुँडिखेल ।सार्वजनिक टुँडिखेल सरकारीमा परिणत…

काठमाडौँ : जग्गाधनी श्री ५ को सरकार, मोही टुँडिखेल । भू’मिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौँले जनहित संरक्षण म’ञ्चलाई दिएको पत्र ७२३२ मा यही वि’वरण उल्लेख छ । पत्रमा ‘काठमाडौं महानगरपालिका-११ को कित्ता नं १८१ क्षेत्रफल १९४ रोपनी ८ आना ३ दाम जग्गाको जग्गाधनी श्री ५ को सरकार र मोही टुडिखेल कायम देखिएको’ विवरण उल्लेख छ । यो जग्गा सानो टुँडिखेल हो ।भद्रकालीबाट श’हिदगेट जाँदै गर्दा बाँया पट्टी छ यो सानो टुँडिखेल ।

यो जग्गामा ध’माधम सेनाले भवन बनाउन थालेपछि यो जग्गा कसको नाममा छ भनेर खोज्‍ने क्रममा ऐन विपरित टुँडिखेललाई मोही बनाएको विवरण भेटिएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । ‘जग्गा धनी श्री ५ को सरकार अनि टुँडिखेल मोही ! सार्वजनिक टुँडिखेल सरकारीमा परिणत भएछ’ उनले भने, ‘यो भूमि सम्बन्धि ऐ’न २०२१ वि’परित छ । टुँडिखेललाई मोही बनाउनै मिल्दैन ।’भूमि सम्बन्धी ऐ’न २०२१ मा मोहीको स्पष्ट परिभाषा छ । ऐनमा भनिएको छ- ‘मोही’ भन्‍नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ ।

टुँडिखेल न त किसान हो, न त कुनै संस्था नै । यसलाई कसरी मोही बनाइयो भन्‍ने विषयको खो’जी गरिरहेको गणपतिले बताए ।टुँडिखेल एकपछि अर्को गर्दै क’ब्जामा पर्न थालेपछि गत वर्ष कात्तिक २३ गते मानव सा’ङ्ग्लोले घेर्दै ‘अ’कुपाई टुँडिखेल’ अभियान सुरु भएको थियो । यही अभियानको दौरानमा अ’भियन्ताद्वय गणपति र सञ्जय अधिकारीले टुँडिखेलको नापी नक्सा जानकारी लिन थुप्रै पटक ज’नहित सं’रक्षण मञ्चबाट सू’चनाको हक सम्बन्धी अधिकार प्रयोग गर्दै सू’चना माग गरे । तर मालपोत कार्यलय र नापी विभागले टुँडिखेलको कागजात स’हजै दिएनन् ।

त्यसपछि हप्तौँ माथिल्लो पदका व्यक्तिदेखि तल्लो जि’म्मेवार कर्मचारीलाई पुराना ढड्डा प’ल्टाउन लगाउँदै यसको क्षेत्रफल क-कसको नाममा छ र क-कसले उपभोग गर्दैछ भन्‍ने जानकारी पाएको गणपतिले जनाए । उनी भन्छन्, ‘अब नेपाली सेनाले कसरी/ कहिलेबाट के-के प्रयोजनका लागि यो जग्गा हाल उ’पभोग गरिरहेको छन् ? सार्वजनिक हुनुपर्ने सरकारीकरण कसरी भयो ? त्यो हामी खोजी गर्दैछौँ ।’डिल्लीबजारको भूमिसुधार तथा मालपोत कार्यालयले ज’नहित संरक्षण मञ्चलाई २०७६ फागनु ७ गते दिएको पत्रमा काठमाडौँ महानगरपालिका-३१ कित्ता नम्बर ८६३ मा रहेको ठूलो टुँडिखेलको विवरण भने यस कार्यालयको कम्प्युटरमा श्रेस्ता इ’न्ट्रि नदेखिएको व्य’होरा उल्लेख छ ।

त्यस्तै टुँडिखेल मात्रै नभई दशरथ रं’गशाला, प्रदशनी स्थल लगायतलाई पनि मोही कायम गरी जग्गाधनी श्री ५ को सरकार र नेपाल सरकार उल्लेख गरिएको पत्रमा उल्लेख छ । मालपोत कार्यालयले मञ्चलाई दिएको पत्र नं ७२३२ का अनुसार काठमाडौँ महानगरपालिका वडा नं ११ को कित्ता नम्बर १९८ क्षेत्रफल क्रमशः ३७ रोपनी ९आना २पैसा जग्गा धनी राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर र मोही राष्ट्रिय खेलकुद परिषद्को नाउँमा मोठ कायम देखिएको छ ।त्यस्तै महानगरपालिका-११ को कित्ता नम्बर २१६ क्षेत्रफल ६१रोपनी ५ आना २ पैसाको जग्गाधनी श्री ५ को सरकार र मोही दशरथ रंगशाला कायम देखिएको व्यहोरा छ ।

त्यस्तै, अर्को पत्रमा काठमाडौं महानगरपालिका-३१ कित्ता नं २०० को ६२ रोपनी १३ आना २ दाम २ पैसा जग्गा, कित्ता नं ५९६को ७ रोपनी ४ आना ३ दाम ३ पैसा जग्गा र कित्ता नं ५९८ को ४१ रोपनी २ आना १ दाम २ पैसा जग्गाको जग्गाधनी सार्वजनिक उद्यान तथा सभा गृह विकास समिति रहेको उल्लेख छ ।पत्रमा काठमाडौं महानगरपालिका-३१ कित्ता नंम्बर १६२ क्षेत्रफल २१४ रोपनी १४ अना २ दा’म जग्गाको धनी नेपाल सरकार र मोही प्र’दर्शनी स्थललाई बनाएको उल्लेख छ । त्यस्तै काठमाडौं महानगरपालिका-३१ कित्ता नम्बर १३७३ क्षेत्रफल २३ रोपनी ५ आना ३ दाम १ पैसा जग्गाधनी काठमाडौं नगर पञ्चायतको नाउँमा मोठ कायम देखिएको उल्लेख छ ।

अधिवक्ता वि’कल प्रजापतिका अनुसार, व्यक्ति मात्रै मोही हुन सक्छ । तर टुँडिखेल, दशरथ रंगशाला र प्रदर्शनी स्थल मान्छे होइन । त्यसैले यसलाई मो’ही भनेर राखिनु अनौठो रहेको उनी बताउँछन् । ‘सरकारी/सार्वजनिक जग्गामा मोही लाग्दैन,’ उनले भने, ‘यदि कसैले यस्ता जग्गामा मोही दर्ता गरी ल्याए, स्वतः बदर हुन्छ । मालपोत कार्यालयले दर्ता ब’दर गर्न सक्छ । टुँडिखेल, रंगशाला र प्रदर्शनी स्थललाई पछि मो’ही बनाएको हुन सक्छ । यसबारे खोजी गर्नुपर्छ ।’इकागज