आज कञ्चनपुर जाँदै प्रधानमन्त्री ओली, सु’रक्षा व्यवस्था क’डा पारियो

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार महेन्द्रनगर जाँदैछन् ।कञ्चनपुरको बे’दकोट नगरपालिका स्थित दै’जी छे’ला औद्योगिक क्षेत्रको शि’लान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सु’रक्षा व्यवस्था क’डा पारिएको छ ।प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था क’डा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सु’रक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

करिब १२ सयको हाराहारीमा सु’रक्षाकर्मी ख’टिएका छन् । कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बा’क्लो उपस्थिति छ ।प्रधानमन्त्री ओली आज काठमाण्डुबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।उनी केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हे’लीकोप्टर मार्फत दै’जीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शि’लान्यास गर्ने कार्यक्रम छ ।

कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आ’पूर्ती मन्त्री लेखराज भट्ट हिजो नै पु’गिसकेका छन् भने प्रधानमन्त्रीसँगै सामान्य प्र’शासन मन्त्री गणेश ठ’गुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौ’रीशंकर चौधरी आज कार्यक्रममा सहभागी हुदैछन् ।