गु’मेको भूभाग फि’र्ता ल्या’एरै छा’डिन्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गु’मेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्र’माणका आधारमा भारतसँग अ’नौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छे’लामा दै’जी छे’ला औद्योगिक क्षेत्रको आज अपराह्न शि’लान्यास गर्दै उहाँले गु’मेको नेपालको भू’भाग फिर्ता ल्याएरै छा’ड्ने दृ’ढता व्यक्त गर्नुभयो ।दो’धारा चाँ’दनी क्षेत्रमा भारतसँगको महाकाली स’न्धिबमोजिम १० क्यु’सेक पानी नेपालले पा’उनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो ।

महाकाली सिं’चाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्र’बन्ध गरी कृषि उत्पादनमा ब’ढोत्तरी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग चौ’डा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कु’द्छ ।”दिलाउन लाग्ने दस्तुर घ’टाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष ज’नशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र स’ङ्घीय मा’मिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठ’गुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँ’चुली फे’रिरहेको बताउनुभयो ।