‘जहाँ ओली, त्यहाँ सूर्य चिह्न’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जु’ट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको श’पथग्रहण कार्यक्रममा उनले तो’किएको समयमा निर्वाचन स्पष्ट गरे । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तो’किएको छ ।नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरवि’रोध त्या’गेर निर्वाचनमा जु’ट्न आ’ग्रह गरेका हुन् ।

उनले भने, “औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छा’डेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।” पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए ।पार्टीको आधिकारिकताको विषयमा चि’न्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हा’स्यास्पद हो ।”पार्टीभित्रको आन्तरिक क’लहका कारण देश यो अवस्थामा आएको उनले बताए ।

आजको परिणामको कारण पार्टी एकता हुँदाको समयमा रहेको वि’षाक्त भ्रू’णको हो उनले भने । प्रधानमन्त्रीवि’रुद्ध अ’योग्य भनेर अ’भियोग पत्र ल्याएपछि वि’ग्रहको बाटोमा लागेका कारण यो स’मस्या आएको उनले बताए ।राजनैतिक स्थिरता, राष्ट्रिय स्वा’धीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उनले अहिले एकताको जस्तो आकर्षण ह’राएको बताए । तीन वर्षको समयमा पार्टीको क्रि’याशीलता नभएको भन्दै उनले अबको पार्टीका कार्यकर्ताहरु जि’म्मेवारी बन्ने समय आएको जि’किर गरे । सो अवसरमा ५९९ जनाको समिति घो’षणा गर्दै श’पथग्रहण गराइएको थियो ।रासस