आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ई’वा गाविसमा २००८ सालमा ज’न्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन म’नाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक का’टिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आ’लोचना भएको थियो । त्यस्तै, जन्मदिन स’मारोहमा रा’जसी शै’ली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आ’चारसं’हिता उ’ल्लङ्घन गरेको समेतत टिप्पणी भएको थियो ।

२०२२ सालमा कम्युनिष्ट रा’जनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल क’म्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली त’त्कालीन नेकपा मालेको संस्थापक म’ध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले ह’राउँदै एमालेको अध्यक्ष बनेका हुन्। त्यसपछि २०७५ साल जेठ ३ गते त’त्कालिन एमाले र मा’ओवादी पार्टीको ए’कीकरणपछि प्रथम अध्यक्ष ब’नेका ओली अहिले पार्टी फु’टसँगै नेकपा ओली स’मूहको अध्यक्षको रुपमा का’र्यभार स’म्हाल्दै आएका छन्।