ओलीले मनाए ७० औ जन्मदिन , बुबाले दिए यस्तो आशिर्बाद

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । उनलाई जन्मदिनको शुभकामना विहानैबाट दिनेको उल्लेख्य सहभागीता छ । कतिपयले भेटेर त कतिपयले सामाजिक सञ्जालमा बिहानैदेखि ओलीलाई शुभकामनाको वर्षा भइरहेको छ ।प्रधानमन्त्री ओलीले जन्मदिनको कुनै औपचारिक कार्यक्रम नराखेपनि प्रधानमन्त्री निवासमै पारिवारिक रुपमा जन्मदिन मनाएका छन् । उनले नेवारी सस्कृतिअनुसार जन्मदिनको सगुन लिएका छन् । पिता मोहनप्रसाद ओलीले टिका र माला लगाई शुभकामना समेत दिए ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।