संसद बिघटन सम्बन्धि फैसला सुनाउन सुरु

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन सुरु गरेको छ। सर्वोच्चको संवैधानिक इजलासमा फैसला सुनाउन सुरु भएको हो। अहिले प्रधानन्यायाधीशले फैसला पढ्न थालेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।

यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए। माघ ४ गतेदेखि सुरु भएको अन्तिम फैसलाका लागि बहस भएको थियो। गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो।