जन्मदिनमै ओलीलाई ठुलो धक्का

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै परिवार, आफन्त र निकटस्थ डाकेर जन्मदिन मनाइरहेका थिए । उनले जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले साँझ फैसला सुनायो । फैसला उनको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध गयो ।चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए ।तर, फैसला ओलीको विपक्षमा गयो । त्यो पनि ११ फागुनमा ।ओली ७० औं जन्मदिन मनाइरहँदा ।

जन्मदिनमै फैसला आफ्नो विपक्षमा आएपछि ओलीका सामु अब तीन विकल्प मात्र बाँकी छन् । पहिलो राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, संसदबाट अविश्वासको प्रस्तावको सामना गर्ने या संकटकाल घोषणा गर्ने । तर, तीनवटै विकल्प उनका लागि सजिलो भने छैन ।