सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गरेको छ: माधव नेपाल

काठमाडौं । प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।नेपालले आफूहरू सहमतिका साथ अघि बढ्ने बताए ।नेपालले सामाजिक सञ्‍जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’त्यस्तै भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खबर सुन्दा रो’ग नै हराएझैँ भएको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई ब’दर गरिदिएको छ। उक्त फै’सलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको र’क्षा गरेको बताए। ‘कस्तो सु’खद सं’योग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो। हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!,’ भट्टराईले भनेका छन्। भट्टराई स्वास्थ्य उपचारका लागि केही दिनदेखि भारतमा छन्।

त्यस्तै नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ ।केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला ।’ नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् । उता सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै नेकपाका नेता योगेश भट्टराईले ३ करोड नेपालीको जित भएको बताएका छन्।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ’ भट्टराईले ट्वीट गरेका छन्। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।अदालतले मुलुक र लोकतन्त्र रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको भट्टराईले बताएका छन्। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।