जस्तोसुकै परिस्थिति आए पनि सा’मना गर्न तयार छु: प्रधानमन्त्री

काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सा’मना गर्न तयार रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नि’कट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याउनुभयो । उहाँले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले आफ्नो आत्मविश्वासमा कुनै कमी न’आएकोसमेत प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आ’ह्वान गर्नुभयो । उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि ब’ढ्न युवा सङ्घलाई आग्रह गर्नुभयो ।लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हि’षाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताउनुभयो ।

वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढि’क्का रहेको दा’बी गर्नुभयो ।“पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थप्नुभयो । नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फ’र्कन आग्रह गर्नुभयो । नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पु’नर्गठन गरिएको बताउनुभयो ।

उहाँले युवा सङ्घलाई जु’झारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै सा’इबर सेनाको औपचारिक घो’षणा गरेर अघि बढ्नेसमेत बताउनुभयो । त्यसमार्फत सा’इबरबाट हुने आ’पराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको ज’न्मोत्सवसमेत मनाएको थियो । स’ङ्घको बैठक बुधबार पनि चल्ने छ । (रासस)