सेना पूर्वतयारीको अवस्थामा छ : नेपाली सेना

काठमाडौं : नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सु’रक्षा चु’नौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्र’तिबद्ध रहेको स्पष्ट गरेको छ ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सू’क्ष्म आँकलन गर्ने हाम्रो नियमित प्र’क्रियाभित्रै पर्छ, त्यो भइरहेको छ ।’

विकसित अवस्थाबाट कुनै सु’रक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आँकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आ’दानप्रदान गर्ने विगतदेखि नै भइरहेको जनाउँदै उनले भने, ‘‘त्यो अहिले पनि गरिरहेकै छौँ, स’ङ्क्रमणको अवस्थामा सुरक्षाको अवस्थाका लागि विचार गरेर अरुलाई पनि थप स’जग गराउने र फौ’ज स’जग रहने हुन्छ नै ।’नेपाली सेनाको मुख्य सरोकारको विषय भनेको उ’त्पन्न हुन सक्ने सु’रक्षा परिस्थिति नै भएको बताउँदै प्रवक्ता पौडेलले भने, ‘यस विषयमा अन्य सु’रक्षा निकायसँग समन्वय र सम्पर्कमा रही रहन्छौँ ।’

उनले देशमा शा’न्ति सु’रक्षा कायम गर्नेबारे सेनाले अरु सु’रक्षा नि’काय र स्थानीय प्र’शासनलाई सहयोग गर्नुपर्ने अ’वस्था आइपरेको खण्डमा के कस्तो सहयोग गर्ने भन्ने विषयमा पू’र्वतयारीको अ’वस्थामा रहेको जा’नकारी दिए । रासस